मन्थली माबिकाे छानबिन प्रतिबेदन पालिकामै गुपचुप

Written by meropradesh creator

१९ भाद्र २०७८, शनिबार

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै नमुना बिद्यालयको रुपमा चिनिएको मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा परेको उजुरी उपर गठित छानबिन समितिको प्रतिवेदन मन्थली नगरपालिकाले गुपचुप अवस्थामा राखेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

मन्थली माध्यमिक विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा व्यापक रुपमा आर्थिक अनियमिता भएको भन्दै मन्थली नगरपालिका वडा नं १ का पाण्डब प्रसाद सुबेदीले मन्थली नगर शिक्षा समितिमा उजुरी पेश गरेका थिए । उनले पेश गरेको उजुरीमा विद्यालय परिसरमा निमार्णाधिन ७४ लाखको छात्रावास भवन बिना टेण्डर विद्यालयका प्रध्यानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतका पदाधिकारीले आफुखुशी भवन निमार्ण गरि आर्थिक अपचलन गरेको आरोप लगाएका छन् ।

त्यसैगरी सुबेदीले दिएको उजुरीमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा शिक्षा ऐन विपरित गठन गरेको, विद्यार्थी भर्नाको नाममा अभिभावकसँग रकम असुली गरेको, निजी श्रोत र अन्य शिक्षक कर्मचारी भर्ना गर्दा व्यवस्थापन समितिको निर्णय र सूचना बिनानै भर्ना गरिएको, सार्वजनिक विदाका दिनमा पनि विद्यालयको सबारीसाधन प्रयोग गरि आर्थिक अपचलन गरेको लगाएतका बिषयमा छानविन गरि दोषी उपर कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।


मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी उपर तत्कालै पालिकाले नगर शिक्षा समिति मार्फत कानुन अधिकृत सुर्दशन रायको संयोजकत्वमा ५ सदस्यिय स्थलगत छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन गर्नेगरि कामको जिम्मा दिएको थियो । गठित समितिले मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा सत्यतथ्य छानबिन गरि एकहप्ता अघि नै मन्थली नगरपालिकालाई प्रतिवेदन बुझाइसकिएको स्थलगत छानविन समितिका संयोजक सुर्दशन रायले जानकारी दिए ।

उनले भने– मन्थली नगरपालिकाको नगर शिक्षा समितिले दिएको कामको जिम्मेवारी पुरा गरी हामीले नगर शिक्षामा प्रतिवेदन वुझाइसकेका छौं । उक्त बुझाएको प्रतिवेदनमा मन्थली माध्यमिक विद्यालयमा भएको सबै अनियमितता लगाएतका बिषयमा स्पष्ट हुने गरि खुलाइएको छ । हामीले बुझाएको प्रतिवेदन मन्थली नगरपालिकाले सार्वजनिक गर्छ वा गर्दैन यो बिषयमा हामीले बोल्न नमिल्ने संयोजक रायले बताए ।


मन्थली माविको उजुरी पछि स्थलगत छानविन समितिले बुझाएको प्रतिवेदन मन्थली नगरपालिकाले अझै सार्वजनिक गरेको छैन । यस बिषयमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग सम्र्पक गर्दा उनले भने– मन्थली नगरपालिकाले शुक्रवार नगर शिक्षाको बैठक बोलाएर प्रतिवेदनको बिषयमा छलफलसम्म भएको छ । बैठकमा सहभागीहरुले स्थलगत छानविन समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न पाउनु पर्ने अडान राखेपछि एक÷एक प्रति हामीले दिएका छौं । अब पालिकाले चाडै पुनः नगर शिक्षा समितिको बैठक राखेर प्रतिवेदन सार्वजनिक गर्ने नगर्ने भन्ने बिषयमा टुङ्गो लाग्ला ।

यता उजुरी कर्ता पाण्डब सुबेदीले भने स्थलगत छानविन समितिले बुझाएको प्रतिवेदन नगर शिक्षा समितिले लुकाएको आरोप लगाएका छन् । उनले पटक–पटक छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको भएता पनि पालिकाले अहिलेसम्म सार्वजनिक नगर्नु दुःखद कुरा भएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...