रामेछाप । चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा कार्की र पौडेलले सभापती पदको लागी उमेरद्पारी दिएका छन् । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्की सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिएका छन् ।
संयुक्त गठबन्धन मार्फत चुनावमा नेपाल बिद्यार्थी संघले अध्यक्षमा अभिनाश कार्की र कोषध्यक्षमा कविता खरेललाई अघि बढाएको छ । भने कान्तिकारी बिद्यार्थी संगठन बाट तेज बहादुर श्रेष्ठलाई सचिबमा अघि बढाएको छ ।
सदस्यहरुमा संयुक्त गठबन्धन मार्फत नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी संघले विनीता माझी र अनोज भुजेललाई उम्मेदवार बनाएको छ । समाजवादी विद्यार्थी संगठनबाट भने विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार उठाएको छ । अनेरास्ववियुबाट स्ववियु सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अनेरास्ववियुले स्ववियु सदस्य प्रत्यक्षतर्फ अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई उम्मेदवार बनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...