मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागी कार्की र पौडेलको उमेरदवारी

Written by meropradesh creator

२८ फाल्गुन २०७९, आईतवार

रामेछाप । चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा कार्की र पौडेलले सभापती पदको लागी उमेरद्पारी दिएका छन् । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्की सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिएका छन् ।
संयुक्त गठबन्धन मार्फत चुनावमा नेपाल बिद्यार्थी संघले अध्यक्षमा अभिनाश कार्की र कोषध्यक्षमा कविता खरेललाई अघि बढाएको छ । भने कान्तिकारी बिद्यार्थी संगठन बाट तेज बहादुर श्रेष्ठलाई सचिबमा अघि बढाएको छ ।
सदस्यहरुमा संयुक्त गठबन्धन मार्फत नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी संघले विनीता माझी र अनोज भुजेललाई उम्मेदवार बनाएको छ । समाजवादी विद्यार्थी संगठनबाट भने विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार उठाएको छ । अनेरास्ववियुबाट स्ववियु सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अनेरास्ववियुले स्ववियु सदस्य प्रत्यक्षतर्फ अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई उम्मेदवार बनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...