मन्थली खानेपानी समितिमा अध्यक्षसहित एक सदस्य बाहेक निर्विरोध, नयाँ टिम शपथमा

मन्थली सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। समितिमा अध्यक्षसहित अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं १ र २ का केही भागमा खानेपानी वितरण गर्दै आएको समितिको अध्यक्षमा पूर्णबहादुर सुवेदी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्षमा यमबहादुर बुढाथोकी, महासचिवमा ढकालबहादुर थापा, सचिवमा शान्ता न्यौपाने ९सुवेदी० र कोषाध्यक्षमा कुमार घिमिरे निर्विरोध चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका प्रमुख लक्ष्मण भुजेलले मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेल ९रामहरि० को उपस्थितिमा समितिको भवनमा आयोजित समारोहमा शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा बोल्दै भुजेलले सामूहिक एकतालाई शक्तिमा बदल्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।

समितिका सदस्यहरूमा एरिया नं १ बाट दिनेश सुवेदी, एरिया नं २ बाट दामोदरप्रसाद घिमिरे, एरिया नं ३ बाट टेकबहादुर श्रेष्ठ, एरिया नं ४ बाट दीपक भट्ट, एरिया नं ५ बाट श्यामकुमार श्रेष्ठ, एरिया नं ६ बाट शंकरबहादुर थापा र एरिया नं ७ बाट रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्। तीमध्ये एरिया नं १ का सदस्य दिनेश सुवेदी भने मतदान प्रक्रियामार्फत निर्वाचित भएका एकमात्र सदस्य हुन्। उनले प्रतिस्पर्धीलाई १० मतले पछि पार्दै सदस्य पद हात पारेका हुन्।

समितिको विधान तथा सञ्चालन प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै महिलाहरू पनि नेतृत्वदायी भूमिकामा सक्षम छन् भन्ने सन्देश दिन खुला महिला सदस्यको संख्या बढाइएको छ। सोहीअनुसार कविता श्रेष्ठ, बिनता काफ्ले र रिता ढुंगेल खुला महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, समितिको आर्थिक तथा व्यवस्थापकीय पारदर्शिता सुनिश्चित गर्न गठन गरिएको अधिकार सम्पन्न लेखा समितिको संयोजकमा दीपक दाहाल निर्विरोध निर्वाचित भएका छन्। लेखा समितिका सदस्यहरूमा रामचन्द्र अधिकारी र निलराज जैसी चयन भएका छन्।

सुख्खाग्रस्त क्षेत्रको पहिचान बोकेको मन्थलीमा खानेपानीको दिगो आपूर्ति, आर्थिक अनुशासन र प्रभावकारी व्यवस्थापनमार्फत उपभोक्ताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता नवनिर्वाचित समितिले व्यक्त गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...