रामेछाप । रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले २० लाख भन्दा बढीको क्षति भएको छ । शनिवार बेलुका करिब ८ बजे तिर आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा बगाएको स्थानीय सञ्जीव चौहानले जानकारी दिएको छ ।
रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा २० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका १३ मा रहेको देवेन्द्र मगरको ३ लाख, गणेश खड्काको ६ लाख , विकास मगरको ४ लाख ५० हजार, युवराज खत्रीको ५ लाख ७५ हजार गरी र , सरोज तामाङको सहित २० लाख भन्दा बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बाढीको कारण अवरुद्ध चरिकोट मन्थली सडक खण्ड हाल खुलेको समेत प्रहरीले जनाएको छ ।