मिडिया नेपालका केन्द्रिय सदस्यहरु द्वारा सामुहिक राजिनामा

Written by meropradesh creator

३० श्रावण २०७८, शनिबार

काठमाण्डौं । राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालका ६ जना केन्द्रिय सदस्यहरुले एकैपटक सामुहीक राजिनामा दिएका छन् । पुर्व कोषध्यक्ष राधिका जोशीको नेतृत्वमा ६जना केन्दिय सदस्यहरुले एकै पटक राजिनामा दिएका हुन । उनिहरुले नेतृत्व प्रती असन्तुष्टि जनाउदै राजिनामा दिएका हुन । पुर्ब कोषध्यक्ष राधिका जोशीको नेतृत्वमा केन्द्रिय सदस्यहरु विकल रेग्मी, बिमल जैरु, अनिल श्रेष्ठ, राधिका श्रेष्ठ र कासिराम शर्माले एकैपटक राजिनामा गरेका छन् । राजिनामा पत्रमा भनिएको छ ।
मिडिया नेपालमा स्थापनादेखि विभिन्न कालखण्डमा आवद्ध भएका हामी तपसिलका पत्रकार साथीहरू अब उप्रान्त मिडिया नेपालमा निरन्तरता दिन नसक्ने भएकोले आजैका मितिदेखि लागू हुने गरी राजीनामा गरेका छौँ ।
मिडिया नेपाल मुलुकभर रहेका राष्ट्रवादी, राजावादी र सम्बर्द्धनवादमा आधारित संगठन बनाउने उद्देश्यले स्थापित भएको सत्य र तथ्य कसैसामु छिपेको छैन । संगठन भनेको एक सहकर्मीको सुख र दुखको सारथि पनि हो । र, एकलाई दुख पर्दा अर्कोलाई होस्टेमा हैँसे गर्ने भावनात्मक सम्बन्ध विकसित गर्ने हेतु पनि हो । पेशागत र व्यवसायिक संगठन त आफ्नो पेशागत सुरक्षा र संगठनमा भएका व्यक्तिहरूको करिअर बनाउन सहयोग पुर्याउने र सफलताको मार्गमा प्रेरित गर्न बाटो देखाउने संस्था नै हो । मुलुकभर राजावादी र हिन्दुवादी पत्रकारहरूको संख्या ठूलै छ । तर यसले त्यस्ता पत्रकारहरूलाई समेट्न सकेन । मुख्यतया नेतृत्वको अक्षमता र चरम व्यक्तिवादी प्रवृत्तिले संस्थाले सांगठनिक स्वरुप लिन सकेन । अरु त के बुटवलमा भएको अधिवेशनपछि तत्काल संगठनलाई पूर्णता दिनुपर्ने हो त्यो त भएन नै । बरु महिनौँसम्म संगठनको बैठकसमेत हुन सकेन । पत्रकार महासंघको निर्वाचनमा पनि अवसरवाद देखियो । जो व्यक्ति संगठनमै छैनन् तिनलाई संघगठनबाट सिट दिइयो । फलस्वरुप ति अवसरवादीले के गरे भनिरहनु पर्दैन होला । यति हुदा पनि एक पटक समिक्षा सम्म हुन सकेन । मिडिया नेपालले कोभिड महामारीले पीडामा परेका पत्रकारको हकहितमा काम गर्न पटक्कै ध्यान दिएन । पीडित पत्रकार आहात हुँदा राहत दिने अपेक्षा त के गर्नु ? जबकि संगठनमाथि आर्थिक पारदर्शिताको गम्भीर आरोप पनि लागिरहेको छ । यतिबेला हामीलाई कुनै व्यक्ति विशेषप्रति आवेश र आग्रहमा आएर कुनै टिप्णी गर्नु छैन । यसै पनि हामी धर्म मान्छौँ । हामी नास्तिक होइनौँ । अझ हामी हाम्रो धर्म संस्कृतिको जगर्ना र सम्बर्द्धन गर्नुपर्छ भनेर लागिरहेका छौँ । त्यसैले हामी यथार्थ जगमा उभिएका छौँ । संगठनलाई टुकुचाको ढलमा बगाइरहँदा र यसको धारलाई निस्तेज पार्ने काम भइरहँदा हामीले टुलुटुलु हेरेर बस्नु परिरहेको छ । ध्यानाकर्षण गराउँदा हाम्रो नेतृत्व घण्टकर्ण बनेर कर्तब्यच्युत भएर बसेको छ । अब यो परिस्थितिमा हामी मिडिया नेपालमा बस्न नसक्ने अवस्थामा छौँ । हाम्रो राजीनामा आजैका मितिबाट स्वीकृत गर्न अनुरोध गर्दछौँ राजिनामा पत्रका भनिएको छ । साथै राजिनामा पत्रमा हामी जहाँ रहे पनि राष्ट्रवादी आन्दोलनमै हुने छौँ । राजावादी पत्रकारकै पहिचान हाम्रा लागि प्यारो हुने छ । हिन्दुवादी पत्रकार भनेर कसैले भनेमा हामी गौरव महसुस नै गर्ने छौँ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...