माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी पठाउन शुरु

Written by meropradesh creator

१८ बैशाख २०७८, शनिबार

दोलखा । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमा पानी पठाईएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको वालुवा थिग्राउने डिस्यान्डर पोखरीमा जम्मा भएको पानी हिजो भरिएपछी मुख्य सुरुङमा पानी पठाइएको हो । डिस्यान्डर पोखरीमा रहेको १० वटा गेटमध्ये एउटा गेट खोलेर प्रतिसेकेण्ड १ सय लिटरका दरले पानी मुख्य सुरुङमा पठाइएको आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

८ किलोमिटर लामो सुरुङमा पठाइएको पानी आज बेलुकीसम्म अपर पेनस्टक अडिटसम्म पुग्ने उनले बताए । वालुवा थिग्रयाउने डिस्यान्डर पोखरीमा वैशाख १५ गते पानी भर्न सुरु गरिएकोमा ४८ घण्टासम्म कुनै समस्या नदेखिएकाले आयोजनाको सुरुङमा पनि पानी पठाएर परिक्षण सुरु गरिएको उनले बताए । २२५ मिटर लम्बाई र २६ मिटर चौडाईका दुई वटा बालुवा थिग्राउने पोखरीमा पानी पर्दा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोशीको सुरुङमा प्रत्येक दिन पानीको मात्रा बढाउँदै लैजाने र कम्तिमा दुई सातासम्म सिभिल र हाईड्रो मेकानिकल संरचनाहरुको परिक्षण गरिने छ । सिभिल र हाईड्रोमेकानिकल संरचनाहरुमा पानी परिक्षण कार्य सफतापुर्वक सम्पन्न भएमा मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टरवाईन र जेनेरेटहरहरुको क्रमैसँग परिक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।

लामावगरदेखि गोंगरसम्मको किलो मिटर सुरुङमा पानी पठाएर गरिने परिक्षण सफल भएपछि हेड रेस टनेलको परिक्षण सुरु गरिने छ । जलबिद्युत आयोजनाको सवैभन्दा संवेदनशील मानिने हेड रेस टनेलमा पानी परिक्षण सफल भएमा माथिल्लो तामाकोशीले जेठको दोश्रो साताभित्र एउटा युनिटवाट ७६ मेगावाट बिद्युत उत्पादन गर्नेछ ।
वैशाख १५ गते सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा । यातायात मन्त्री बसन्तकुमार नेम्वाङ लामाबगर पुगेर डिस्यान्डर पोखरीमा पानी पठाउने कार्यको औपचारिक रुपमा सुभारम्भ गरेका थिए । लागत र निर्माण अवधि लम्बिएर महंगो बन्दै गएको माथिल्लो तामाकोशीको डिस्यान्डर पोखरीमा पानी पठाउनकै लागि दुई–दुई जना मन्त्री आयोजनाको खर्चमा हेलिकोप्टर चार्टर गरेर लामा मगर पुगेका थिए ।
ब्ब

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनले प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान तानेकी...

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...