माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी पठाउन शुरु

Written by meropradesh creator

१८ बैशाख २०७८, शनिबार

दोलखा । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमा पानी पठाईएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको वालुवा थिग्राउने डिस्यान्डर पोखरीमा जम्मा भएको पानी हिजो भरिएपछी मुख्य सुरुङमा पानी पठाइएको हो । डिस्यान्डर पोखरीमा रहेको १० वटा गेटमध्ये एउटा गेट खोलेर प्रतिसेकेण्ड १ सय लिटरका दरले पानी मुख्य सुरुङमा पठाइएको आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

८ किलोमिटर लामो सुरुङमा पठाइएको पानी आज बेलुकीसम्म अपर पेनस्टक अडिटसम्म पुग्ने उनले बताए । वालुवा थिग्रयाउने डिस्यान्डर पोखरीमा वैशाख १५ गते पानी भर्न सुरु गरिएकोमा ४८ घण्टासम्म कुनै समस्या नदेखिएकाले आयोजनाको सुरुङमा पनि पानी पठाएर परिक्षण सुरु गरिएको उनले बताए । २२५ मिटर लम्बाई र २६ मिटर चौडाईका दुई वटा बालुवा थिग्राउने पोखरीमा पानी पर्दा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोशीको सुरुङमा प्रत्येक दिन पानीको मात्रा बढाउँदै लैजाने र कम्तिमा दुई सातासम्म सिभिल र हाईड्रो मेकानिकल संरचनाहरुको परिक्षण गरिने छ । सिभिल र हाईड्रोमेकानिकल संरचनाहरुमा पानी परिक्षण कार्य सफतापुर्वक सम्पन्न भएमा मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टरवाईन र जेनेरेटहरहरुको क्रमैसँग परिक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।

लामावगरदेखि गोंगरसम्मको किलो मिटर सुरुङमा पानी पठाएर गरिने परिक्षण सफल भएपछि हेड रेस टनेलको परिक्षण सुरु गरिने छ । जलबिद्युत आयोजनाको सवैभन्दा संवेदनशील मानिने हेड रेस टनेलमा पानी परिक्षण सफल भएमा माथिल्लो तामाकोशीले जेठको दोश्रो साताभित्र एउटा युनिटवाट ७६ मेगावाट बिद्युत उत्पादन गर्नेछ ।
वैशाख १५ गते सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा । यातायात मन्त्री बसन्तकुमार नेम्वाङ लामाबगर पुगेर डिस्यान्डर पोखरीमा पानी पठाउने कार्यको औपचारिक रुपमा सुभारम्भ गरेका थिए । लागत र निर्माण अवधि लम्बिएर महंगो बन्दै गएको माथिल्लो तामाकोशीको डिस्यान्डर पोखरीमा पानी पठाउनकै लागि दुई–दुई जना मन्त्री आयोजनाको खर्चमा हेलिकोप्टर चार्टर गरेर लामा मगर पुगेका थिए ।
ब्ब

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...