रामेछाप । रामेछापमा मास्क खोई अभियान शुरुगरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा मास्क खोइ अभियान शुरु गरेको हो ।
शुक्रबार सञ्चालन गरिएको अभियानमा जिल्ला सदरमुकाम मन्थली बजारमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको थियो । माक्स नलगाई हिंडे संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गरिने भनि सचेत गराइएको समेत जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कोरोनाविरुद्ध सचेतना ¥याली समेत निकालिएको छ । ¥यालीमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजू, प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाले समेत मास्क नलाई हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरी सचेत गराएका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...