मन्थली । नेकपा माओवादी केन्द्र मन्थली नगरपालिकाको नगर कमिटी अध्यक्षमा भक्त बहादुर बलम्पाकी सर्वसम्म चयन भएका छन् । नेकपा माओवादी केन्द्रको मन्थली नगर सम्मेलन बाट निर्वाचित नगर सदस्यहरूको बैठकबाट अध्यक्षमा बलम्पाकीलाई सर्वसम्मत निर्वाचित गरेका हुन् ।
नगर सम्मेलन बाट निर्वाचित नगर सदस्यहरूले उपाध्यक्षमा राजेन्द्र बहादुर कार्की, नारायणदास श्रेष्ठ, गङ्गालाल गोले, सचिवमा रामबहादुर तामाङ, सहसचिवमा गणेश माझी,र कोषाध्यक्षमा हिरा गिरिलाई चयन गरेको छ ।
त्यस्तै कार्यालय सदस्यमा कुङ्गलाल तामाङ, जितबहादुर घिसिङ, युवराज सुवेदीलाई चयन गरेको छ भने सचिवालयमा राजेश बोहरा, कपिलराज गिरी, ममिता श्रेष्ठ, र मञ्जु माझीलाई सर्वसम्मत चयन गरेको नवनिर्वाचित सचिव रामबहादुर तामाङले जानकारी दिए ।