सरकारे माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिने तयारीमा छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यस्था छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले माघको दोस्रो साताभित्र चुनाव गर्न सुझाएका थिए । आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर अघि बढ्न सरकारले आयोगलाई आग्रह गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...