लिखु–३ जलविद्युत आयोजनाको दादागिरी ः स्थानीय आतङ्कित

Written by meropradesh creator

१५ कार्तिक २०८०, बुधबार

रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू अनुकूल ड्याम खोल्दा जलाउँदै गरेको लास समेत खोलाले बगाउने गरेको छ ।
मङ्गलवार साँझ नदिकानिरमा जलाउँदै गरेको शव जलबिधुत आयोजनाले एक्कासि पानी खोल्दा बगाएको छ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईको मङ्गलवार साँझ ७ बजेको समयमा जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगाएको छ । एक्कासि नदिमा ठुलो भेल आएपछि मलामीहरू भागेर ज्यान जोगाउन सफल भए भनी लास बगाएर लगेको छ ।
एकासी ठुलो नदी आयो हामी सबै लास छाडेर भागेर आफ्नो ज्यान जोगाउन सफल भयौ । पछि लास धेरै समय सम्म खोज्यौ तल तल सम्म पुगेर भेट्न सकेनौँ मलामी गएका लालप्रसाद भट्टराईले भने । यो एउटा प्रतिनिधि मूलक घट्ना मात्र हो यस्तो घट्ना धेरै पटक भइसक्यो उनले भने ।
गाम्नाङटारका  भट्टराईहरूको घाट लिखु गाउँपालिका–६ को तीतो खानी भन्ने ठाउँमा रहेको छ । डुँडे खोलाको दोभानमा रहेको उक्त घाटमा लास जलाउने क्रममा आयोजनाले पानी छाडेको हो । स्वेतगंगाले यसअघि नियमानुसार छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछाडेर हिउँदमा खोला सुकाएको र बालीनाली समेत मरेको तथा जलचरहरू मरेको भन्दै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अनुगमनका क्रममा कारबाहीको चेतावनी दिए पनि मनपरी कायमै रहेको छ ।
आयोजनाका प्रमुख रवीन्द्र तिमिलसिनाले भने कुनै पनि स्थानीयको गुनासो आयोजना प्रति नरहेको बताएका छन् । उनले भने जलाउँदै गरेको लास यदि ड्यामको पानी खोल्दा बगाएको भए हामीलाई जानकारी हुन पर्ने हो त्यस्तो कुनै पनि प्रकारको जानकारी हामी सँग आएको छैन पराजुलीले भने ।
स्थानीयले भने आयोजनाको विरोध हामीले गर्न सक्ने अवस्था छैन । समाजका अगुवा भन्ने सबै मिलेका छन् । आयोजनाको विरोध गर्‍यो भने हामी यो ठाउँमा बस्न सक्ने अवस्था छैन । खोलामा गाईबस्तुले खान समेत नरहने गरी सबै पानी ड्याममा हुल्छ । खेत बारीमा लगाउन त परको कुरा हो खेतीयोग्य जमिन बाँझो हुन थालिसक्यो । आयोजनाले कतिखेर पानी खोल्छ र सिचाइ गरौँ भन्ने अवस्था छ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विना सूचना ड्याम बन्द गर्न वा खोल्न नमिल्ने भन्दै यदि बिना सूचना बिद्युत् गृहले ड्याम खोल्ने र बन्द गर्ने गरेको हो भने यस विषयमा आयोजना सँग कुरा गर्ने र आवश्यक परे कार्वाहिको दायरामा समेत ल्याउने बताइन् । साथै जलविद्युत आयोजनाले पानी कम्तीमा १० प्रतिशत जुनसुकै समयमा पनि छाड्न पर्ने भएकोले नछाडेको हो भने आफू ओखलढुङ्गा सँग सहकार्य गरेर कानुनी प्रक्रियामा अघि बढाउने बताइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...