लिखु तामाकोशीमा सात दिने ‘डेरी उद्यमी तालिम’ सुरु, व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

१४ जेष्ठ २०८३, बिहीबार

लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि सात दिने ‘डेरी उद्यमी तालिम’ बिहीबारदेखि सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको प्रदेश ससर्त कार्यक्रम अन्तर्गत ‘दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रम’ मार्फत पशुपन्छी विकास शाखाले उक्त तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष केशव महतले गर्नुभएको छ। उद्घाटन समारोह गाउँपालिकाका अध्यक्ष महतको अध्यक्षता तथा उपाध्यक्ष दिपा पाख्रिनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष महतले स्थानीय स्तरमा दुग्ध व्यवसायको प्रवर्द्धन गर्न, उत्पादित दूधको सही मूल्य शृङ्खला विकास गर्न र कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन यस तालिमले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

२० गतेसम्म सञ्चालन हुने यो तालिममा वडा नम्बर १ देखि ७ सम्मका प्रत्येक वडाबाट २ जनाका दरले व्यावसायिक रूपमा दूध उत्पादन तथा बिक्री वितरणमा संलग्न वास्तविक कृषकहरूलाई विशेष प्राथमिकता दिँदै तालिममा सहभागी गराइएको छ।
तालिम अवधिभर भक्तपुरको चाँगुनारायण नगरपालिकाका वरिष्ठ पशु विकास अधिकृत खड्क कुमार मैनालीले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनुभएको छ। तालिममा दूधबाट आधुनिक तथा वैज्ञानिक तरिकाले विभिन्न दुग्धजन्य पदार्थहरू उत्पादन गर्ने प्रविधि र बजार व्यवस्थापनबारे गहन व्यावहारिक ज्ञान प्रदान गरिने छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...