लिखु तामाकोशीमा डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम आयोजना हुने

१२ जेष्ठ २०८३, मंगलवार

लिखु तामाकोशीमा डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि सात दिने डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को प्रदेश ससर्त कार्यक्रम अन्तर्गत दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रम मार्फत पशुपुन्छी विकास शाखाले उक्त तालिम आयोजना गर्न लागेको हो ।जेठ १४ देखि सुरु भई २० गतेसम्म सञ्चालन हुने उक्त सात दिने तालिममा सहभागी छनौट गरि पठाइदिन गाउँपालिका कार्यालयले वडा नम्बर १ देखि ७ सम्मका वडा कार्यालयलाई पत्राचार समेत गरिसकेको छ ।गाउँपालिकाद्वारा जारी सूचना अनुसार प्रत्येक वडाबाट २ जनाका दरले दुध उत्पादक कृषकहरूलाई सहभागीका रूपमा छनौट गरि पठाउन अनुरोध गरिएको छ । कृषक छनौट गर्दा दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रममा पूर्व आवेदन पेश गरिसकेका तथा व्यावसायिक रूपमा दुध उत्पादन गरि बिक्री वितरणमा संलग्न रहेका वास्तविक कृषकहरूलाई विशेष प्राथमिकता दिनुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।यसका साथै तालिम अवधिभर सम्बन्धित वडाका पशु सेवा प्राविधिकहरूलाई समेत अनिवार्य उपस्थित गराउन अनुरोध  गरिएको छ ।तालिम लिखु तामाकोशी गाउँपालिकाको धोबी बजारमा आयोजना हुनेछ । दैनिक रूपमा बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने सो तालिमबाट स्थानीय स्तरमा दुग्ध व्यवसायको प्रवर्द्धन र कृषकहरूको कार्यक्षमतामा वृद्धि हुने विश्वास पशुपन्छी विकास शाखा प्रमुख लोकप्रसाद फुँयालले व्यक्त गर्नु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...