रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले राँके जुलुस सहित वली सरकारको विरोधमा नारा जुलुस गरेका हुन् ।
नेकपा माओवादीका दुई दर्जन भन्दा बढी कार्यकर्ताले सदरमुकाम मन्थलीको देवकोटा चोकमा वली सरकार मुर्दावाद, नेकपा माओवादी जिन्दाबाद मन्त्री परिषद्को निर्णय खारेज गर भन्ने नारा सहित राँके जुलुस निकालेर विरोध जनाएका हुन् ।