रामेछाप । मन्थली नगरपालिका वडा नं–३ कठजोरमा भएको एकदिने स्वास्थ्य शिबिरमा १ सय ५१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरमा आएका जेष्ठ नागरिकहरुको वल्ड प्रेसर, सुगर लगाएतको परिक्षण गराइएको थियो । शिबिरमा उपचार लिन आउने जेष्ठ नागरिकहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थली र शहरी स्वास्थ्य केन्द्र कठजोरका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । सो अबसरमा स्वास्थ्य जाँच गराउन आउने सेवाग्राहीहरुलाई निःशुल्क रुपमा भिटामिन, आइरन चक्की लगाएतका औषधीहरु समेत बितरण गरिएको मन्थली नगरपालिका वडा नं–३ का वडा सदस्य नारायण बहादुर बोगटीले जानकारी दिए ।
उनका अनुसार– स्वास्थ्य शिविरको अवसर पारेर जेष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेण्ट बैंकमा १ सय ५३ जनाले खाता समेत खोलेका छन् । वडा कार्यालय मार्फत बितरण गरिदै आएको सामाजीक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्ने नगरपालिकाको निती अनुरुप जेष्ठ नागरिकहरुको खाता खोलिएको हो । जेष्ठ नागरिकको सहजताको लागि वडा कार्यालयले बैंकका कर्मचारी गाउँमै लगेर सेवा दिलाएका थिए ।