कोषाध्यक्ष लगाएत बिभिन्न उपसमिति रामेछाप कांग्रेस द्वारा बिस्तार

Written by meropradesh creator

४ माघ २०७८, मंगलवार

रामेछाप । नेपाली काँग्रेस रामेछापले कोषाध्यक्ष लगाएत बिभिन्न उपसमिती बिस्तार गरेको छ । रामेछाप नगरपालिका–३ साँघुटारमा बसेको नेपाली कांग्रेसको सोमबार बसेको चौथो बैठकले कोषाध्यक्ष लगाएत बिभिन्न उपसमिति बिस्तार गरेको हो । बेठकले नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षमा लब बहादुर थापामगर चयन गरेको हो ।
सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) बैठकमा निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येबाट लब बहादुर थापामगरको नाम कोषाध्यक्षमा प्रस्ताव गरेपछि जिल्ला कार्यसमितिले अनुमोदन गर्दै सर्वसम्मतिले कोषाध्यक्ष चयन गरेको जिल्ला सचिव दीपक खड्काले जानकारी दिए । थापामगर नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भूगोल अन्तरगत दोरम्बा गाउँपालिकाबाट खुल्ला जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै काँग्रेस जिल्ला कार्यसमिति बैठकले विभिन्न क्षेत्र हेर्ने गरी उपसमिती समेत गठन गरेको छ । बैठकले उपसमितिको संयोजक चयन गर्दै केही सदस्य समेत तोकिएको पार्टी सचिव दीपक खड्काले जानकारी दिए । खड्काका अनुसार जिल्ला प्रशिक्षाण शाखाको संयोजकमा जिल्ला पार्टी उपसभापति नवराज थोकर चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा ढाकाल बहादुर थापा, अनुशासन समितिको संयोजकमा कमल प्रकाश सुनुवार,संगठन शाखाको संयोजकमा सिताराम कार्की, विकास शाखाको संयोजकमा गुञ्जबहादुर कार्की, प्रचार प्रसार शाखाको संयोजकमा हिमाल ढुंगेल, अभिलेख शाखाको संयोजकमा सुमन्त कुमार कार्की, जिल्ला सम्पर्क समितिको संयोजकमा घनश्याम श्रेष्ठ, कार्यक्रम तथा सम्मन्वय शाखाको संयोजकमा कमन खड्का (दिपेन्द्र), युवा तथा खेलकुद शाखाको संयोजकमा जित बहादुर कटुवाल र बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकमा चिना कार्की चयन भएका छन् ।
त्यस्तै सभापतिले तीन जनालाई आंमन्त्रित जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । सभापति तामाङले नवराज ढकाल, तोप बहादुर थापा र मन्जुदेवी पुर्वेलाई आंमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...