कोरोना संक्रमितलाई घृणा हैन माया गरौं

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाइसका कारण बिश्व जगत नै आक्रन्त भइरहेको छ । यसले न धनी न गरिब न सानो न ठुलो कोहि पनि यसबाट अछुतो रहन सकेका छैनन् । आफुलाई पहिलो कन्ट्री अर्थात् शक्तिशाली राष्ट्र मान्नेहरु पनि थलापरेका छन् ।

यस्तो अबस्थामा मानवले मानवलाई मानवीय व्यबहार नगरेर कतिपय स्थानमा दानवीय व्यबहार गरेको सुन्दा कतै मानव जाती आफ्नो धर्मप्रति विमुख त हुँदै छैन ? कतै मानव सभ्यता नै संकटमा पर्न लागेको त हैन ? यो चिन्ता आम मानव जगतमा रुमलिरहेको छ । वर्तमान अवस्थामा मानिसको चेतनाको स्तर अनि नैतिक शिक्षा दिनु जरुरी देखिन्छ । बिश्व भरका स्वास्थ संस्थाले संक्रमितको उपचार धान्न सक्ने स्थिति पनि रहेको देखिदैन भने स्वास्थ्यकर्मी आफैं संक्रमणको सिकार बनिरहेका छन् । समाजमा एउटा ब्यक्तिलाई संक्रमण देखा पर्दा त्यो समाजमा त्यो संक्रमित समाजकै घृणाको पात्र बनिरहेको छ । जसले गर्दा उसको आत्मबल घट्नुको साथै उसलाई संक्रमणले ग्रसित बनाउने छ । यस्तो बेलामा स्वस्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उसको हेरचाह गर्दा संक्रमितको आत्मबल बढ्नुका साथै रोग संग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने छ ।
२१औं शताब्दीका हामी मानवलाई आज हात धुन र पानी पिउन सकाउनु पर्ने अबस्था छ । लगभग ९८% साक्षर घोषणा भएको हाम्रो समाज व्यबहारमा ९९% निरक्षर देखिन्छन् । नेपाली समाज आज एक अर्काको खुट्टा तान्नैमा ब्यस्त देखिन्छ । समाजमा राम्रो कर्म गर्नेको बिरोधमा चोक, चोक ,चिया पसल र भट्टीमा समय बिताइरहेका छन् । यो बेला शिक्षित अनि बौद्धिक जमात एक हुनु जरुरी छ । युवाहरु राजनैतिक दलको प्रयोगी हुनु भन्दा समाज र देशको समृद्धिमा लाग्नु आजको आवस्यकता हो । यो महामारीमा कसैले पनि राजनैतिक स्वार्थ भन्दा देश र जनताको हितमा लाग्नु उपयुक्त हुन्छ ।
वर्तमान परिस्थितिमा विश्व जलिरहेको छ नागरिकमा आगो बलिरहेको छ । तर हामी मानव समाज घाउमा मालम पट्टी लगाउनुको सट्टा घ्यु थप्न लागी परेको देखिन्छ ।

मन्दिर रुपी अस्पतालमा भगवानरुपी रुपी ती डाक्टर र नर्सहरु प्रती नमन गर्द छु । आफ्नो ज्यान परिवार भन्दा पनि देश र नागरिकप्रती तपाईंहरुको साहसलाई लाख लाख सलाम छ । स्वास्थ सुरक्षाको मापदण्ड पूरा गर्न सके संक्रमण सर्दैन । यसमा सतर्क , सजग र संयम नागरिक स्वयं बन्नु पर्छ ।कोरोना संक्रमितलाई समाजले घृणा हैन माया गर्नु पर्छ । घृणा गरेर कसैलाई पनि अपमान नगरौं । रोग जसलाई पनि त लाग्न सक्छ । आज एउटालाई पीडा हुँदा अर्काले घृणा गर्दैगर्दा भोलि त्यो दिन आफुलाई पनि त आउन सक्छ भन्ने चेतना सबैमा हुनु जरुरी छ । आजको समय भनेको एकले अर्कालाई सहयोग गर्ने सद्भाव देखाउने समय हो । जलिरहेको लाशको तस्बिर खिचेर सामाजिक संजाल रङ्ग्याउदै गर्दा पनि उपचारमा रहेको संक्रमितको मनोबलमा कमि आउनेछ । संक्रमितलाई हौसला दिउ मनोबल उच्च बनाउ । आफुले आफुलाई सच्चा देशभक्त नागरिक र समाजप्रति उत्तरदायी नागरिक बनाउने बेला आएको छ । संकटमा राहत दिलाउ आहत नबाउ । हाम्रो कर्मलाई भगवानले पनि मुल्यांकन गर्नु हुने छ । प्रकृति र मानव बिचको सम्बन्ध सुमधुर बनाऔं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...