बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाइसका कारण बिश्व जगत नै आक्रन्त भइरहेको छ । यसले न धनी न गरिब न सानो न ठुलो कोहि पनि यसबाट अछुतो रहन सकेका छैनन् । आफुलाई पहिलो कन्ट्री अर्थात् शक्तिशाली राष्ट्र मान्नेहरु पनि थलापरेका छन् ।
यस्तो अबस्थामा मानवले मानवलाई मानवीय व्यबहार नगरेर कतिपय स्थानमा दानवीय व्यबहार गरेको सुन्दा कतै मानव जाती आफ्नो धर्मप्रति विमुख त हुँदै छैन ? कतै मानव सभ्यता नै संकटमा पर्न लागेको त हैन ? यो चिन्ता आम मानव जगतमा रुमलिरहेको छ । वर्तमान अवस्थामा मानिसको चेतनाको स्तर अनि नैतिक शिक्षा दिनु जरुरी देखिन्छ । बिश्व भरका स्वास्थ संस्थाले संक्रमितको उपचार धान्न सक्ने स्थिति पनि रहेको देखिदैन भने स्वास्थ्यकर्मी आफैं संक्रमणको सिकार बनिरहेका छन् । समाजमा एउटा ब्यक्तिलाई संक्रमण देखा पर्दा त्यो समाजमा त्यो संक्रमित समाजकै घृणाको पात्र बनिरहेको छ । जसले गर्दा उसको आत्मबल घट्नुको साथै उसलाई संक्रमणले ग्रसित बनाउने छ । यस्तो बेलामा स्वस्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उसको हेरचाह गर्दा संक्रमितको आत्मबल बढ्नुका साथै रोग संग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने छ ।
२१औं शताब्दीका हामी मानवलाई आज हात धुन र पानी पिउन सकाउनु पर्ने अबस्था छ । लगभग ९८% साक्षर घोषणा भएको हाम्रो समाज व्यबहारमा ९९% निरक्षर देखिन्छन् । नेपाली समाज आज एक अर्काको खुट्टा तान्नैमा ब्यस्त देखिन्छ । समाजमा राम्रो कर्म गर्नेको बिरोधमा चोक, चोक ,चिया पसल र भट्टीमा समय बिताइरहेका छन् । यो बेला शिक्षित अनि बौद्धिक जमात एक हुनु जरुरी छ । युवाहरु राजनैतिक दलको प्रयोगी हुनु भन्दा समाज र देशको समृद्धिमा लाग्नु आजको आवस्यकता हो । यो महामारीमा कसैले पनि राजनैतिक स्वार्थ भन्दा देश र जनताको हितमा लाग्नु उपयुक्त हुन्छ ।
वर्तमान परिस्थितिमा विश्व जलिरहेको छ नागरिकमा आगो बलिरहेको छ । तर हामी मानव समाज घाउमा मालम पट्टी लगाउनुको सट्टा घ्यु थप्न लागी परेको देखिन्छ ।
मन्दिर रुपी अस्पतालमा भगवानरुपी रुपी ती डाक्टर र नर्सहरु प्रती नमन गर्द छु । आफ्नो ज्यान परिवार भन्दा पनि देश र नागरिकप्रती तपाईंहरुको साहसलाई लाख लाख सलाम छ । स्वास्थ सुरक्षाको मापदण्ड पूरा गर्न सके संक्रमण सर्दैन । यसमा सतर्क , सजग र संयम नागरिक स्वयं बन्नु पर्छ ।कोरोना संक्रमितलाई समाजले घृणा हैन माया गर्नु पर्छ । घृणा गरेर कसैलाई पनि अपमान नगरौं । रोग जसलाई पनि त लाग्न सक्छ । आज एउटालाई पीडा हुँदा अर्काले घृणा गर्दैगर्दा भोलि त्यो दिन आफुलाई पनि त आउन सक्छ भन्ने चेतना सबैमा हुनु जरुरी छ । आजको समय भनेको एकले अर्कालाई सहयोग गर्ने सद्भाव देखाउने समय हो । जलिरहेको लाशको तस्बिर खिचेर सामाजिक संजाल रङ्ग्याउदै गर्दा पनि उपचारमा रहेको संक्रमितको मनोबलमा कमि आउनेछ । संक्रमितलाई हौसला दिउ मनोबल उच्च बनाउ । आफुले आफुलाई सच्चा देशभक्त नागरिक र समाजप्रति उत्तरदायी नागरिक बनाउने बेला आएको छ । संकटमा राहत दिलाउ आहत नबाउ । हाम्रो कर्मलाई भगवानले पनि मुल्यांकन गर्नु हुने छ । प्रकृति र मानव बिचको सम्बन्ध सुमधुर बनाऔं ।