कोरोना र आगलागीको एकैसाथ पिडा

Written by meropradesh creator

८ जेष्ठ २०७८, शनिबार

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–४ का एक परिवारलाई कोरोना र आगलागीले एकैसाथ पिडा दिएको छ । आगलागीले घर जलेर ध्वस्त भएपछि कोरोना संक्रमित परिवारलाई बस्न र खान समस्या भएको छ । वैतेश्वर गाउँपालिका –४ काब्रेस्थित सिद्धाकोथान घर भएका गंगाबहादुर दाहालको घर गत जेठ ३ गत जलेर नष्ट भएको थियो । घर जलेर नष्ट भएको पिडा कम नहुँदै कोरोनाले थप पिडा थपि दिएको छ । आगलागीका कारण घर जलेर पूर्णरुपमा नष्ट भएपछि घरविहिन बन्न पुगेका दाहालको परिवारमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि झन् तनाव थपिएको छ ।
आगलागीका कारण उनीहरुको घरमा भएको महत्वपूर्ण कागजात, २ लाख नगद, ८ तोला गरगहना, खाद्यान्न,लत्तकपडा लगायतका सामाग्रीहरु जलेर नष्ट हुँदा लाखौंको क्षेति हुन पुगेको थियो ।
घर जलेर नष्ट भएको पिडा भइरहेका बेला कोरोना संक्रमणको आशंका स्वाव परीक्षण गराएकी २७ वर्षीय बुहारीलाई भोलिपल्ट कोरोना संक्रमण पुष्टि भयो । यो खबरले दाहाल परिवारमा यतिबेला झनै तनाव थपिएको छ । आगलागी पछि घर नभएर त्रिपालको सहारामा बसिरहेको दाहाल परिवारलाई अहिले कोरोना संक्रमणवाट परिवारका सदस्य कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमित बुहारी र परिवारका सदस्य छुट्टाछुट्टै बस्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने भएपनि घर र आवासको अभावले उनीहरुलाई निकै समस्या परेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...