खेलकुद क्षेत्रको समृद्धिका लागि ठोस पूर्वाधार र दीर्घकालीन लगानी आवश्यक : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको समृद्धिका लागि बलियो पूर्वाधार, दीर्घकालीन लगानी र प्रभावकारी कार्यान्वयन नीतिहरू आवश्यक रहेको बताएका छन् ।

मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न ‘आधारभूत भलिबल प्रशिक्षक तालिम’को समापन कार्यक्रममा मन्त्री गुरुङले खेलकुदलाई दिगो रूपमा अघि बढाउन सरकार नीतिगत र संरचनागत रूपमा थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

“खेलकुदको विकासका लागि नीति मात्र होइन, पूर्वाधार र बजेट पनि त्यसको अनुरूप हुनुपर्छ,” मन्त्री गुरुङले भन्नुभयो, “हाल सरकारले खेलकुद क्षेत्रमा करिब ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ तर यो प्रयाप्त छैन। कम्तीमा ३० देखि ५० अर्ब रुपैयाँको लगानी जरुरी छ ।”

उहाँले बजेटको विनियोजनपछि त्यसको प्रभावकारी कार्यान्वयन र पारदर्शिता सुनिश्चित गर्न सरकारी संयन्त्र अझ बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपनिर्देशक तथा वरिष्ठ भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्ट र मन्थली अस्पतालका प्रमुख डा. केशव धामीलाई सम्मान गरिएको थियो। प्रशिक्षक भट्टलाई भलिबल खेलमा पु¥याएको योगदानका लागि दोसल्ला ओढाएर र प्रशंसा पत्रद्वारा सम्मान गरियो।

स्वास्थ्य सेवा मार्फत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आएको कदरमा डा. धामीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तालिममा सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री गुरुङले यस्ता तालिमहरूले खेलकुद विकासमा व्यावसायिकता र दीर्घकालीन परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ प्रशिक्षक भट्टले खेल क्षेत्रका योजना र बजेट कार्यान्वयनमा पारदर्शिता अभाव देखिएको भन्दै निगरानी संयन्त्रलाई थप चुस्त बनाउनुपर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...