खड्काको पक्षमा युवा शक्ति परिचालन, १८–३० वर्षे Gen-Z अभियानको नेतृत्व बुढाथोकीलाई

रामेछाप । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यसहित रामेछापमा युवा शक्ति परिचालनलाई केन्द्रमा राख्दै विशेष चुनावी अभियान सुरु गरिएको छ। कांग्रेस जिल्ला कार्यसमिति रामेछापले १८ देखि ३० वर्ष उमेर समूहका युवा तथा Gen-Z मतदातालाई लक्षित गर्दै सञ्चालन गरिने विशेष अभियानको संयोजकको जिम्मेवारी विद्यार्थी नेता सञ्जय बुढाथोकीलाई प्रदान गरेको हो।

जिल्ला कार्यसमितिद्वारा जारी पत्रअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै युवामार्फत चुनावी माहोल निर्माण गर्ने, मतदातासँग प्रत्यक्ष संवाद गर्ने तथा पार्टीका नीति, कार्यक्रम र उम्मेदवार खड्काको राजनीतिक दृष्टिकोण जनस्तरसम्म पुर्‍याउने अभियान सञ्चालन गरिनेछ।

स्ववियू परिषद्का पूर्व सभापतिसमेत रहेका बुढाथोकीलाई युवा पुस्तासँगको पहुँच, संगठनात्मक क्षमता र सक्रिय भूमिकालाई मध्यनजर गर्दै अभियानको नेतृत्व सुम्पिएको कांग्रेसको भनाइ छ। अभियानका क्रममा जिल्लाभित्र रहेका पार्टी संरचना, भातृ तथा शुभेच्छुक संस्थाहरूसँग समन्वय गर्दै युवालाई केन्द्रमा राखेर चुनावी गतिविधि अघि बढाइनेछ।

कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर तामाङ (कान्छाराम)को नेतृत्वमा जारी पत्रमा निर्वाचन अवधिभर प्राप्त जिम्मेवारीलाई कर्तव्यनिष्ठ रूपमा निर्वाह गर्न आग्रह गरिएको छ। साथै अभियान सफल बनाउन आवश्यक सहयोगका लागि जिल्ला निर्वाचन परिचालन समितिका सदस्यहरू परिचालन गरिने उल्लेख गरिएको छ।

पार्टीले युवा मतदाताको सक्रिय सहभागितामार्फत रामेछापमा कांग्रेसको पक्षमा सकारात्मक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ। खड्काको विजय सुनिश्चित गर्न सबै तहका नेता–कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरूलाई एकताबद्ध भएर अभियानमा लाग्न कांग्रेसले आह्वान गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...