खाँडादेवी गाउँपालिकामा अनुदान रकम कार्यकर्ताको खल्तीमा

Written by meropradesh creator

३० पुष २०७९, शनिबार

रामेछाप ः रामेछापको खाँडादेवी गाउँपालिकामा कृषि क्षेत्रमा दिएको अनुदान रकम प्राय सबै कार्यकर्ता लक्षित रहेको छ । कार्यकर्ताले सञ्चालन गरेको कुखुरा र्फम, बाख्रा पालन र तरकारी खेतीको नाममा बागमती प्रदेश र गाउँपालिका बाट छुट्याइएको करडौं रकमको कुनै लेखा जोखा छैन् । बागमती प्रदेश सरकार र गाउँपालिकाले पार्टिमा प्रभाब पार्न सक्ने नेता तथा कार्यकर्ताले सञ्चालन गरेको र्फमहरुमा करडौं रकम लगानी गरेको थियो ।

 

ति र्फमहरुमा अहिले बाख्रा र्फम छ तर बाख्रा छैन् खाली मर्फ मात्र छ । तरकारी खेतीको समेत कुनै स्थानमा आकृती छ तरतरकारी खेती गरिहेको छैन् । तरकारी खेती बाख्रा पालनमा ५ लाख देखी २० लाख सम्म लगानी गरिएको थियो । ति स्थानमा अहिले न तरकारी छ न बाख्रा ।
गाउँपालिकाले अहिले अनुदानको दुरुपयोग भएको भन्दै अब अनुदान नदिने बताएको छ । कृषि पेशामा रहेको कृषकहरुलाई अनुदान दिन पर्ने ठाउमा कार्यकर्तालाई खल्तीमा दिदा अहिले असली कृर्षकलाई भने समस्या परेको छ ।


बागमती प्रदेश सरकारको तत्कालीन आर्थिक मामिला मन्त्री कैलाश ढुङगेलले कृषि मन्त्रालयबाट विभिन्न शीर्षकमा आनुदान दिएका थिए । साथै गाउँपालिकाबाट पनि लाखौं रुपैयाँ लगानि गरिएको थियो । ति फर्म सञ्चालन गरेकाहरूले केही समय अनुदान देखाउन फर्ममा बाख्रा,गाई र टनेलामा तरकारी खेती देखावटी गरेको भएपनि अहिले ती फर्म खाली भएका छन् भने टनेला बनमाराले भरिएका छन् ।

यसरी अनुदान प्राप्त गर्नेमा अधिकाँश राजनीति दलका नेता तथा कार्यकर्ता रहेका छन् भने तत्कालीन जनप्रतिनिधिहरु पनि संलग्न रहेको खुलासा भएको छ । पालिकाको वडा नं ३ डफ्खामा बागमती प्रदेश सरकारको २५ लाख अनुदान र स्थानीयको लाखौं रुपैयाँ रहेको सित्खा कृषि विकास प्रालीले देखावटी बाख्रा पालन गरेर अनुदान रकमको दुरुपयोग गरेको हो ।


एमाले नेता एवं वडाध्यक्ष पुष्कर कार्की,वडा सचीव तेजबहादुर श्रेष्ठ,एमाले केन्द्रीय प्रतिनिधि शम्भु श्रेष्ठ,एमाले रामेछाप जिल्ला कमिटी सदस्य राजेश कार्की,हालका वडा सदस्य दुर्गा माझी र स्थानीय नेता भिम श्रेष्ठलगायतको संलग्नतामा खोलिएको उक्त प्रालीले स्थानीय स्तरमै पाइने लोकल प्रजातीका बाख्रा राखेर फर्म संचालन गरेका थिए । केहि समय बाख्रा राखेको भएपनी हाल पार्ममा बाख्रा छैन् ।
राज्यको अनुदान नलिइ व्यक्तिगत लगानीमा सञ्चाचालित कृषि फर्महरूले भने राम्रो व्यापार गरिरहेका छन् । अनुदान लिएका फर्महरु सित्खा पुल तरे पछी भिरपाने जाने बाटो वर पर मात्र दर्जनौं छन् तर सबै अनुदान पश्चात बन्द छ ।

यस बारेमा पालिकासँग जानकारी लिंदा पालिकासँग अनुदान फिर्ता गराउने अधिकार नभएको र कानुनी प्रक्रियाको लागि जानकारी गराउने पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बाताए ।

अनुदान दिएर कहिले पनि कृषकले प्रगति नगर्ने र अनुदान खेर जाने हुनाले पालिकाले यो सेवा बन्द गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । अनुदानको नाममा राज्यले लगानी गरेर करोडौं रुपैयाँ बालुवामा पानी हालेझैं भएको श्रेष्ठको तर्क छ । राज्यले अनुदानको नाममा लगानी गरेको करोडौं रुपैयाँ अनुगमन र निगरानीका साथै अनुदान दुरुपयोग गर्नेमाथि कडाई नगर्ने हो भने बर्सेनि राज्यको लगानीको कुनै औचित्य देखिदैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...