काठमाण्डौमै गोकुलगंगा गाउँपालिकाको सेवा शिविर, सयौं लाभान्वित

१ भाद्र २०८२, आईतवार

रामेछाप — गोकुलगंगा गाउँपालिकाले राजधानीमै सेवा प्रवाह गर्ने उद्देश्यले करिब एक हप्तासम्म काठमाण्डौको जडिबुटीमा विशेष शिविर सञ्चालन गरेको छ। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि जन्मदर्ता, विवाहदर्ता, नागरिकता सिफारिसलगायतका सेवाहरू प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार, राजधानीमा सञ्चालन गरिएको शिविरबाट गाउँपालिकाभरिका करिब ६ सय नागरिकले विभिन्न सिफारिस तथा प्रमाणपत्र प्राप्त गरेका छन्। गाउँपालिकामा स्थायी घर भए पनि रोजगारी, शिक्षा र अन्य कारणले काठमाण्डौमा बसोबास गर्ने नागरिकलाई सहज होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो।

वडा नं. २ का अध्यक्ष सुन्दर कार्कीले अधिकांश नागरिक काठमाण्डौमै हुने भएकाले उनीहरूलाई गाउँमै झैँ सेवा दिने सोचले शिविर सञ्चालन गरिएको बताए। उनका अनुसार, ‘काठमाण्डौमै बस्नेले गाउँ पुग्नुपर्ने बाध्यता हटाउन यो पहल गरिएको हो।’

त्यस्तै वडा नं. ३ का अध्यक्ष नरबिक्रम कार्कीले पनि राजधानीमा बस्ने गोकुलगंगा वासीलाई सेवा दिनु जरुरी भएको बताए। उनले भने, ‘नागरिकता सिफारिस वा दर्ता प्रमाणपत्रका लागि गाउँसम्म पुग्न समय, खर्च र अन्य झन्झट हुने भएकाले नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले यहाँ सेवा उपलब्ध गराइयो।’

स्थानीय बासिन्दाले गाउँपालिकाको यो कदमलाई स्वागत गरेका छन्। सेवाग्राहीमध्येकी कमला कार्कीले भनिन्, ‘पहिले हरेक पटक गाउँ पुग्नुपर्ने बाध्यता थियो। अब भने काठमाण्डौमै सहजै सेवा पाउन थालेका छौं।’

यसअघि गाउँपालिकाले वडास्तरमै शिविर संचालन गर्ने गरेको भए पनि राजधानीमै यस्तो प्रकारको शिविर पहिलो पटक गरिएको हो। गाउँपालिकाले आगामी दिनमा आवश्यकता अनुसार यस्ता शिविरलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...