काँग्रेसलाई गिज्याउँदै बिपी शालिक

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । सदरमुकाम मन्थलीको तामाकोशी सेवा समिति अगाडी निमार्ण गरिएको बिपी शालिकलले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुलाई गिज्याउँदै आएको छ ।
बिपीको शालिक निमार्ण गर्न कम्मर कसेर ताउरमाउर गरेर लागेका नेताहरु शालिक भत्किएर क्षतबिक्षत अवस्थामा पुग्दा पनि नेपाली काँग्रेसका नेताहरुले उक्त शालिकको पुनर्निमार्णमा चासो देखाएका छैनन् । शालिक पुनर्निमार्णमा चासो नदेखाउँने तर सधैँ करोडौं मूल्य पर्ने सबारीसाधन लिएर त्यहीँ बिपी चोकको सडक हुँदै हिड्ने नेताहरुलाई शालिकले उनीहरुलाई गिज्याउँदै आएको हो ।


बिपी कोइराला प्रतिष्ठान रामेछापले २०६५ सालमा निमार्ण गरेको उक्त शालिक अहिले क्षतविक्षत भई ढल्ने अवस्थामा पुगेको छ । बिपीको तस्विरमा लगाइएको रङ खुईलिएर प्राप्रा परेर उक्किएको छ । शालिक तल्लोपट्टी ढल्कीएको छ, लगाएका घेरावार छरपष्ट अवस्थामा छन् । शालिक निमार्ण गर्न उठाइएका वाल भास्सिएको छ । प्रतिष्ठानका पदाधिकारीले शुरुमै शालिक निमार्णको काम पुरा नगरि अधुरै छाडेर हिडेका उनीहरुले शालिक संरक्षणमा ध्यान नदिदा आम जिल्लाबासिको शिर निहुरीएको छ ।
प्रतिष्ठानले शालिक निमार्ण गर्ने क्रममा नेपाली काँग्रेसका नेता देखी कार्यकर्ताहरु र अन्य बिपी प्रति आस्था राख्ने व्यक्तिहरुसँग आर्थिक सहयोग मागेर शालिक निमार्ण गरेका थिए । निमार्णको क्रममा दाताहरुले के–कती रकम आर्थिक सहयोग गरे । निमार्णको क्रममा कति रकम खर्च यो भन्ने समेत जानकारी नपाएको प्रतिष्ठानका पदाधिकारीहरु नै बताउँदै आएका छन् ।


पार्टीका विभिन्न कार्यक्रमहरुमा जिल्लामा हजारौं पटक ओहोरदोहोर गर्ने काँग्रेस पार्टी सभापती देखी केन्द्रिय तहका नेताहरुले उक्त बिपी शालिक पुनर्निमार्णमा ध्यान नदिदा सिङ्गो पार्टी पङ्तिकै बेइज्यत हुँदै आएको छ । बाटो हिड्ने बटुवा देखी विपक्षी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बिपी शालिक हेरेर काँग्रेस रामेछापको तुलना गर्न झनै सजिलो भएको छ । बिपक्षी पार्टीका एक नेताले बिपीको शालिक देखाउँदै भने काँग्रेसको संगठनको बिषयमा के कुरा गर्नु शालिक हेर्दै थाहा हुन्छ ।


सदरमुकाम मन्थलीमा निमार्ण भएको बिपी शालिक जिल्लाकै साझा गहना भएकाले यसको संरक्षणमा राजनितिककरण नगरि पुनर्निमार्णमा जुट्नु पर्ने बिपी कोइराला प्रतिष्ठान रामेछापका उपाध्यक्ष हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– बिपी सबैका साझा हुन् । अहिले शालिकको अवस्था हेर्दा आफुलाई मात्र हैन सिङ्गो जिल्लालाई नै लज्जाबोध भएको बताए ।
भत्किएर क्षतविक्षत भएको शालिक पुनर्निमार्णमा रकम अभाव भएकै कारण निमार्ण गर्न नसकिएको प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिए । उनले भने– मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले पटक–पटक शालिक पुनर्निमार्ण गरिदिने आश्वासन दिए । आश्वासन अनुसार प्राविधिक इष्टमेट तयार गरेर तीनपटक निवेदन नगरपालिकामा बुझाउँदा समेत रकम नदिएका कारण पुनर्निमार्ण गर्न नसकिएको महासचिव ढुंगेलले बताए ।


त्यसैगरी शालिक पुनर्निमार्णको लागि तत्कालिन बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलले ३० लाख रुपैयाँ रकम दिने बचन दिएका थिए । मन्त्रीको आश्वासन पछि प्राविधिक इष्टमेट समेत राखेर मन्त्रालयमा फायल पेश गर्दा पनि ढुगेंलले रकम नदिएका कारण समस्या भएको बिपी प्रतिस्ठानका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए । उनले भने– शालिकमा पार्टी भित्रबाटै राजनिति गर्ने काम भयो । जसले गर्दा समयमा पुनर्निमार्ण गर्न सकेनौ । अब चाडै रकम जोडजाड पारेर असोज महिनादेखी पुनर्निमार्णमा जुट्ने बताए ।


यता नेपाली काँग्रेस रामेछापले बिपी शालिकको अवस्था हेरेर पुनर्निमार्ण गर्ने भन्दै पार्टीको तर्फवाट पार्टी सदस्य नारायण बहादुर बोगटीको संयोजक्तवमा ३ सदस्यीय समिति गठन गरेको थियो । पार्टीले गठन गरेको समितिलाई प्रतिष्ठानका पदाधिकारीहरुले काम गर्न नदिएकाले यो अवस्था सिर्जना भएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...