काँग्रेस उम्मेदवार खड्काको विभिन्न वडामा घरदैलो, चुनावी अभियान तीव्र

२० माघ २०८२, सोमबार

रामेछाप । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले जिल्लाका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। सोमबार खड्काले खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको चामबोट, वडा नम्बर २ मझुवाको निगालपानी, वडा नम्बर ३ भिरपानीको सित्खा तथा सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार खड्काले विगतमा जनताले भोग्नुपरेको निराशाजनक अवस्थाको अन्त्य अब आवश्यक रहेको उल्लेख गर्दै सुशासन, विकास र जनमुखी राजनीतिका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे। उनले विकासका नाममा भएको दुरुपयोग, बढ्दो बेरोजगारी र जनताको आवाज दबाउने प्रवृत्तिका विरुद्ध काँग्रेस स्पष्ट र दृढ रूपमा उभिने दाबी गरे।

शिक्षा, स्वास्थ्य, कृषि, सडक र रोजगारीजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै खड्काले अब भाषणमुखी होइन, परिणाम देखिने राजनीतितर्फ जानुपर्ने आवश्यकता औँल्याए।

घरदैलो अभियानका क्रममा स्थानीय नागरिकले उत्साहजनक सहभागिता जनाउँदै परिवर्तनका लागि नेपाली काँग्रेस उपयुक्त विकल्प भएको प्रतिक्रिया दिएका थिए। जनताको विश्वास र समर्थनले आफूलाई विजयी बनाउनेमा ढुक्क रहेको उम्मेदवार खड्काको भनाइ छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...