रामेछाप । नेपाली कांग्रेस रामेछापले सोमबार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई रामेछाप आउने भएका हुन् । नेपाली कांग्रेसले देश भरी सोमबार प्रतिनिधिसभा विघटनको विरुद्ध सरकारको गलत कदमको विरुद्ध विरोध प्रर्दशन गर्दै छ ।
नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउने भएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख हुमागाईले भोली रामेछाप आउने तय भएको कांग्रेस सभापति लवश्री न्यौपानेले बताए ।
यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा गरेको थियो । यस्तै अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देश भरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।