कांग्रेस नेता महत द्वारा घोषणा पत्र सार्वजनीक

Written by meropradesh creator

१५ आश्विन २०७८, शुक्रबार

रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णबहादुर महतले आफ्नो घोषणा पत्र सार्वजनीक गरेको छ । महतले संगठनलाई चलायमान गराउन आफ्नो उमेरद्वारी रहेको भन्दै आफ्नो घोषणा पत्र सार्वजनकि गरेको हो
न्यौपाने द्वारा घोषणा गरेको घोषणा पत्र

                 आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपाली काँग्रेसको १४औँ महाधिवेशनसँगै हामी ऐतिहासिक क्षणमा उभिएका छौँ । लोकतन्त्रका लागि हामीले गरेको संघर्षले करिब आठ दशक लामो यात्रा तय गरेको छ । राणा शासनको चंगुलबाट देशलाई मुक्त गराएदेखि नै सत्ता बाहिर वा भित्र जहाँ रहँदा पनि नेपाली काँग्रेस नेपाली राष्ट्रिय राजनीतिको मियोका रूपमा रहेको छ । नेपाली काँग्रेसको इतिहास हेर्ने हो भने पार्टीको जीवन बन्न र बनाउनमा नेपाली काँग्रेसमा आवद्ध रहनुभएका र नेपाली काँग्रेसप्रति शुभेच्छुक रहनुभएका रामेछापबासीहरूको महत्वपूर्ण योगदान रहेको छ । देशलाई आधुनिक राजनीतिक भाष्य दिने सन्दर्भमा नेपाली काँग्रेसले २००७ साल अघिदेखि गरेको क्रान्ति र तत्पश्चात्का संघर्षमा महत्वपूर्ण योगदान दिएर गर्विलो विगत र ऐतिहासिक विरासतको एक हिस्सा हुन पाउनु हामी रामेछापबासीका लागि अत्यन्तै सुखद कुरा हो ।
गर्विलो इतिहास सम्झिँदै गर्दा जननायक वि.पी. कोइरालाले भन्नुभएझैँ आज काँग्रेसका हरेक कार्यकर्ताले आफूले टेकेको जमिन छोएर, माटो हातमा लिएर सोच्नुपर्ने बेला आएको छ । अधिनायकवाद र तानाशाहका हरेक जञ्जालबाट मुक्त पारेर देशलाई लोकतान्त्रिक प्राण र बहुदलीय त्राण दिएर जिउँदोजाग्दो पारेको नेपाली काँग्रेसले आज आफ्नो आन्तरिक जीवनमा लोकतन्त्रको सही अभ्यास गर्दै पार्टीका लागि त्याग, तपस्या गरेका इमानदार नेता कार्यकर्ताको हरेक तहमा यथोचित मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ ।
आफ्नो जीवनको ४ दशक लामो समय मैले नेपाली काँग्रेसको राजनीतिमा व्यतित गरेको छु । नेपाली काँग्रेस मेरा लागि साधन र काँग्रेसको मूल मर्म राष्ट्रियता, लोकतन्त्र र समाजवाद तथा आम लोकतन्त्रप्रेमी दाजुभाइ दिदीबहिनीहरूको मुक्ति मेरा लागि साध्य थियो र छ । लोकतन्त्र प्रतिको मेरो अनवरत आस्थाले यहाँसम्म ल्याइपु¥यायो, अब एकपटक यहाँहरूको अमूल्य मतको अभिलाषी रहेको छु । यसपटकको १४औँ जिल्ला अधिवेशनमा सभापति पदमा मतदान गरी यहाँहरूले मलाई न्याय गर्नुहुनेछ भन्ने दृढ विश्वास लिएको छु ।
जीवनको प्रारम्भिक समयदेखि नेपाल विद्यार्थी संघबाट सुरु भएको नेपाली काँग्रेससँगको मेरो आवद्धताले चार दशक लामो आरोह–अवरोह पार गरिसकेको छ । विगत चार दशक लामो राजनीतिक यात्रामा नेपाली काँग्रेससँगको मेरो आवद्धता निम्न बमोजिम रहेको छ –
२०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध, जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय सहभागी
२०४६ सालको ऐतिहासिक जनआन्दोलन भाग–१ मा सक्रियतापूर्वक सहभागी
२०४८ सालमा नेपाली काँग्रेस बिजुलीकोट गाउँ कार्य समितिको सभापति
२०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा बिजुलीकोट गाउँ विकास समितिको अध्यक्ष
२०५२ सालमा नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य
२०५७ सालमा जिल्ला कार्यसमिति कोषाध्यक्ष
२०६१ महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य
२०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी
२०६७ सालमा महासमिति सदस्य तथा जिल्ला कार्यसमिति सदस्य
२०७२ सालमा महाधिवेशन प्रतिनिधि तथा सभापति पदको उम्मेदवार
नेपाली काँग्रेसको सदस्यको रूपमा माओवादीले सुरु गरेको सशस्त्र युद्धका दिनहरू हामी सबैका लागि सबैभन्दा कष्टपूर्ण रहे । उक्त युद्धको दौरान देशभरीमै रामेछाप सबैभन्दा बढी प्रताडित रहन पुग्यो । ग्रामीण भूभाग माओवादीको कब्जामा थियो, त्यसैले गाउँ गाउँ पुगेर शान्तिपूर्ण रूपमा पार्टीका कार्यक्रम र गतिविधि गर्न सक्ने स्थिति थिएन । त्यतिबेला जिल्ला सदरमुकाममा बसेर मैले एकातिर माओवादी र अर्कोतिर सेनाको दोहोरो मारमा परेका जनता र सर्वसाधारणको सेवा गरेँ ।

रामेछाप नेपाली काँग्रेसको हालको अवस्था
अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका ६४ वडामध्ये केवल १३ वडामा मात्र हाम्रा उम्मेदवार विजयी हुन सफल । त्यस्तै ८ वटा स्थानीय तहहरूमध्ये नेपाली काँग्रेसका उम्मेदवार जम्मा १ प्रमुख र २ उपप्रमुख पदमा निर्वाचित । अरू सबै तहमा पार्टीका उम्मेदवार पराजित । अघिल्लो प्रदेश तथा संघीय निर्वाचनमा समेत विजय प्राप्त गर्न नसकिएको । भलै कम्युनिस्ट गठबन्धन कारक देखिएला तर पार्टी नेतृत्वको असक्षमताको कारण खास ‘आस्थावान’ जनाधार गुमाएको । संगठन निर्माणमा लाग्नुपर्ने, बलियो हुनुपर्नेमा विभिन्न गुट उपगुटले गर्दा ठीक विपरीत संगठन कमजोर, अस्तव्यस्त भएको । पार्टीका भातृ संस्थाहरू ने.वि.संघ, महिला संघ, तरूण दल लगायत शुभेच्छुक संघसंस्थाहरूको लामो समयदेखि अधिवेशन गर्न नसकेको र भातृ संस्था चलायमान बनाउन नसकेको । पार्टीका गतिविधिमा पारदर्शिता कायम गर्न नसकेको । समावेशिता कायम गर्न नसकेको । जिम्मेवार साथीहरूलाई बेवास्ता गरी पार्टी एकलौटी हिसाबले सञ्चालन गर्दै आन्तरिक कलह सिर्जना गरेको । विगत ५ वर्षमा केन्द्रले तोकेको बाहेक जिल्ला कार्यसमितिले आफ्नो तर्फबाट कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको । जिल्ला भेला समेत गर्न नसकेको । क्रियाशील सदस्यहरूलाई प्रतिशोधको कारण क्रियाशील सदस्यताबाट बञ्चित गराएको । पूराना, त्यागी र पार्टीको जीवनमा महŒवपूर्ण योगदान पु¥याएका कार्यकर्तालाई अन्याय र अपमान गरेको । पार्टी सदस्यहरूको अभिलेख आधिकारिक तबरमा अद्यावधिक गर्न नसकेको र पार्टीलाई आम जनताको आकर्षणको केन्द्र बनाउन नसकेको ।
पार्टी सभापतिमा मेरो उम्मेदवारी किन ?
नेपाली काँग्रेसका हरेक गतिविधिसँग न्यूनतम दुई कुरा आधारभूत रूपमा जोडिएर आउँछ । काँग्रेससँग एकातिर विचार छ भने अर्कोतिर संगठन छ । यी दुई पयरमा उभिएर काँग्रेस हिँड्छ, दौडिन्छ । लोकतान्त्रिक मैदानमा यी दुई सबल पयरमा टेकेर निस्फिक्री विचरण गर्ने काँग्रेस आज कहाँ पुग्यो ? नेपाली काँग्रेसप्रति आस्थावान हरेक कार्यकर्ता र शुभचिन्तकले हाम्राउपर तेस्र्याउने र हामीले पाइला पाइलामा सामना गर्नुपरेको आजको यक्ष प्रश्न हो यो, जसको जवाफ खोज्न हामीले आफ्नै धरातल हेर्नुपर्ने हुन्छ ।
अघिल्लो अधिवेशनमा प्रतिनिधि साथीहरूको मन जित्दाजित्दै पनि विविध कारणले साथीहरूको मत जित्न सकिनँ र झिनो मतान्तरले म सभापति पदमा पराजित भएँ । निर्वाचनमा जय पराजय स्वाभाविक थियो । निर्वाचित कार्यसमितिले पार्टीको सिद्धान्त, मूल्य, मान्यताभित्र रहेर आधारभूत जिम्मेवारी पूरा गर्नेछ भन्ने मेरो विश्वास थियो तर उक्त कार्यसमितिले व्यतित गरेको ५ वर्ष लामो कार्यकाल हेर्दा मेरो आशा र विश्वास निराशामा परिणत भएको छ । त्यसैले तदारुकताका साथ निम्न जिम्मेवारी पूरा गर्न र रामेछापमा नेपाली काँग्रेसको चारतारे झण्डा फहराउनका लागि नेपाली काँग्रेस रामेछापको १४औँ अधिवेशनमा मैले सभापति पदको उम्मेदवार हुने निर्णय लिएको छु ।
१. पार्टी बलियो हुनको लागि चुस्त र छरितो संगठन आवश्यक पर्दछ, त्यसैले जिल्ला कार्यसमिति, २ वटा प्रदेश समिति, ८ वटा स्थानीय तह र ६४ वटा वडा समिति हुँदै निर्वाचन बुथ कमिटीसम्म छरिता र चुस्त संगठन निर्माण गर्ने कार्यको यथाशीघ्र नेतृत्वदायी पहलकदमी लिनेछु । संगठन चलायमान बनाउनेछु । संगठन निर्माण गर्दा महिला, दलित, आदिवासी जनजाति सबै पक्षलाई समेटेर समावेशिता कायम गर्नेछु ।
२. निकट भविष्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस रामेछापको उम्मेदवारहरूलाई ६४ वडा, ६ गाउँपालिका र २ नगरपालिकामा विजय गराउनका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउनेछु साथै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अत्याधिक मतसहित विजयी गरउान सशक्त भूमिका सहितको प्रतिबद्धता जनाउँछु ।
३. हरेक तहका संगठन र कार्यसमितिको नियमित बैठक बसाल्नका लागि उत्प्रेरणा दिनेछु । हरेक समितिको नियमित रूपमा कार्यप्रगति विवरण बुझ्नेछु । केन्द्रले तय गरेका बाहेक जिल्लाका आफ्नै कार्यक्रममा पनि नियमितता दिनेछु ।
४. नेपाली काँग्रेसका भातृ संस्थाहरू जस्तै — नेविसंघ, तरूण दल आदि पार्टीका लागि नेता कार्यकर्ता उत्पादन गर्ने नर्सरी हुन् । त्यसैले सम्पूर्ण भातृ संस्थाहरू र शुभेच्छुक संघसंस्थाहरूको समयमै अधिवेशन गर्नका लागि पहल गर्नेछु । अस्तव्यस्तताको भुङ्ग्रोबाट भातृ र शुभेच्छुक संघसंस्थाहरूलाई बाहिर निकाल्नेछु ।
५. वैचारिक रूपमा प्रशिक्षित र जुझारु कार्यकर्ताले मात्र समस्याको जरो पकड्न, समाधानको उपाय खोज्न, विपक्षीसँग यथोचित मुकाबिला गर्न र हाम्रा आफ्ना कार्यक्रम जनताका बीचमा लैजान सक्छन् । त्यसैले पार्टी सदस्यहरूलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनेछु ।
६. सूचना प्रविधिको अधिकतम विकास र बिस्तार भएको यस आधुनिक युगमा पार्टीका जिल्लास्थित कार्यसमितिहरू, सदस्यहरू, क्रियाशील सदस्यहरू, भातृ र शुभेच्छुक संघसंस्थाहरूका कार्यसमितिहरू तथा सदस्यहरू र पार्टीका सम्पूर्ण गतिविधिहरू आधिकारिक वेबसाइट (Website) मार्फत अद्यावधिक गर्ने व्यवस्था मिलाउनेछु ।
७. सबै प्रकारका आर्थिक र अन्य गतिविधि पारदर्शी तबरले सञ्चालन गर्नेछु ।
८. जिल्लामा निर्माणाधीन पार्टी कार्यालयलाई सुविधा सम्पन्न बनाउने र ८ वटै स्थानीय तहमा क्रमिक रूपमा पार्टी कार्यालय बनाउन पहल कदमी लिनेछु । साथै मन्थली बजारमा जीर्ण आवस्थामा रहेको वि.पी.को शालिक स्तरोन्नति गर्नका लागि वि.पी. प्रतिष्ठान रामेछापसँग सम्वन्य गरी गुरुयोजना बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । सँगसँगै वि.पी. पुस्तकालय समेत निर्माण गरिनेछ ।
९. सबै प्रकारका गुट–उपगुट अन्त्यका लागि यथोचित कदम चाल्नेछु । नेतृत्वको परिक्रमा गर्नेलाई होइन, पराक्रमी कार्यकर्तालाई स्थान दिनेछु । योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने परिपाटीलाई संस्थागत गर्नेछु । सम्पूर्ण कार्यकर्ताको अभिभावकका रूपमा काम गर्नेछु ।
१०. मेरो राजनैतिक जीवनमा त्याग, समर्पण, उदारता, मेहनत र इमान्दारिताको साथले यो क्षणसम्म पुगेको छु र म एक कार्यकालका लागि मात्र सभापति रहने कुरा निवेदन गर्दछु । मेरो कार्यकालभरि अन्य कुनै पदको आकांक्षी हुनेछैन र एकै कार्यकालमा मैले गरेका प्रतिबद्धता पूरा गर्ने घोषणा गर्दछु  ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...