कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

२७ असार २०८२, शुक्रबार

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य सम्मान गरी उनकै नाममा फाउण्डेशन समेत दर्ता गर्ने लागेको उद्घोष गरेका छन् ।
बिहीबार भएको सम्मान तथा चेला परिचय कार्यक्रम सयौँ चेला र भक्तजनहरूको उपस्थितिमा खड्कालाई माला, टीका र नगदसहित सम्मान गरिएको हो । गाउँ–गाउँमा पुगेर विभिन्न थरहरूको कूल पूजा (देवाली) निःशुल्क रूपमा गराएर कूलको सम्मान र हौसला बढाउन भूमिका खेलेको भन्दै नेता खड्कालाई चेलाहरूले संयुक्त रूपमा ‘गुरु’ स्वीकार गर्दै भव्य सम्मान गरेका हुन् ।


रामेछापसहित विभिन्न जिल्लाबाट समेत भेला भएका चेलाहरूले ‘‘दीपक कुलायन गुरु संयुक्त चेला फाउण्डेशन’ समेत दर्ता गरी कूल देवताहरूको नाममा विभिन्न धार्मिक कार्य गर्ने प्रक्रिया बिहीबारै उद्घोष गरिएको हो ।
को स्थापना प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिएको घोषणा गरेको छ। फाउण्डेशनमार्फत समाजमा आध्यात्मिक चेतना, सेवामूलक कार्य र सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा विभिन्न चेलाहरूले गुरु दीपक खड्काको योगदानको चर्चा गर्दै उनको नेतृत्वमा आध्यात्मिक मार्गदर्शन पाएका अनुभवहरू सुनाए । मन्थली नगरपालिका–१ स्थित नगरको सभा हलमा सम्पन्न कार्यक्रमले गुरु–चेला सम्बन्धलाई अझ सशक्त बनाएको सहभागीहरूको भनाइ छ।
कार्यक्रमको समापनमा गुरु खड्काले उपस्थित सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा फाउण्डेशन मार्फत सेवा, संस्कार र समर्पणको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...