कांग्रेस बद्लिएको छ, अब देश हाँक्ने जिम्मा गगन थापाको काँधमा : भुषाल

ललितपुर । पुष्पा भुषालले नेपाली कांग्रेस अब पुरानै ढर्रामा नरहेको स्पष्ट पार्दै पार्टी समयअनुसार रूपान्तरण भइसकेको दाबी गरेकी छन् । उनले देशको राजनीतिक नेतृत्व अब नयाँ पुस्ताको काँधमा सरेको उल्लेख गर्दै कांग्रेसको भावी नेतृत्व गगनकुमार थापाले गर्ने ठोकुवा गरिन् ।

नमूना महिला सञ्जालद्वारा गोदावरी नगरपालिकामा आयोजित निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुषालले कांग्रेस विशेष महाधिवेशनपछि वैचारिक, संगठनात्मक र नेतृत्वको हिसाबले नयाँ उचाइमा पुगेको बताइन् । उनका अनुसार पार्टीभित्र देखिएको पुस्तान्तरण, नीतिगत स्पष्टता र जनउत्तरदायी एजेन्डाले कांग्रेसलाई अब निर्णायक शक्तिका रूपमा अघि बढाएको छ ।

“कांग्रेस अब केवल इतिहास बोकेको पार्टी होइन, वर्तमान बुझ्ने र भविष्यको नेतृत्व गर्ने सामर्थ्य राख्ने पार्टी बनेको छ,” भुषालले भनिन्, “देशलाई स्थायित्व, सुशासन र समृद्धिको बाटोमा लैजान सक्ने नेतृत्व गगन थापामा छ ।” उनले कांग्रेसको घोषणापत्रमा राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र समेटिएको उल्लेख गर्दै एजेन्डाविहीन राजनीति गर्नेहरूलाई जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गरिन् ।

भुषालले लोकतन्त्र, सामाजिक न्याय र समावेशी विकास कांग्रेसको मूल चिनारी भएको उल्लेख गर्दै यी मूल्यहरूलाई व्यवहारमा उतार्न पार्टी दृढताका साथ अघि बढिरहेको बताइन् । उनले कांग्रेसले लिएको राष्ट्रको मुहार फेर्ने संकल्प अब नारामा सीमित नरही व्यवहारमा देखिन थालेको दाबी गरिन् ।

कार्यक्रममा उनले देशभरका महिलाहरू, विशेष गरी गोदावरी क्षेत्रका महिलाहरूलाई कांग्रेसको अभियानमा सक्रिय भूमिका खेल्न आह्वान गरिन् । “राजनीतिक परिवर्तनको निर्णायक शक्ति महिला हुन्,” उनले भनिन्, “कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न महिलाको संगठित सहभागिता अपरिहार्य छ ।”

उपसभापति भुषालको भनाइमा बद्लिएको कांग्रेस, स्पष्ट एजेन्डा र नयाँ पुस्ताको नेतृत्वसहित चुनावी मैदानमा उत्रँदैछ । अबको राजनीति पुराना वाचा र आरोप–प्रत्यारोपमा सीमित नरही परिणाममुखी र जनउत्तरदायी हुनुपर्ने उनको जोड थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...