रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहका राधा मगरले आफुलाई झुक्याएर नेकपा एमालेको सभामा लगी जवरजस्ती पार्टी प्रबेश गराएको भन्दै आपती जनाउदै प्रेस बिज्ञप्ति जारी गरेको छ । आफुलाई स्वास्थ्य शिविर भएको भनि झुक्याएर नेकपा एमालेको सभामा बोलार्य जवरजस्ती पार्टी प्रवेश गराएको भन्दै नेपाली काँग्रेसकी राधा मगरले आपत्ति जनाएकी हुन ।
उनले भनिन् मलाई स्वास्थ्य शिविर छ, भनेर एमालेको कार्यक्रममा नियोजित रुपमा लाने र जवरजस्ती पार्टी प्रवेश भयो भनेर नाम बोलाउने काम भएको छ मगरले भनिन् – सो कार्यको म घोर भत्र्सना गर्दछु । उनले आफु नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि भएको र कहि कतै विचलित नभै सोहि पार्टीमा रहेको दावि गरेकी छिन् ।
बुधबार नागदहमा आयोजित कार्यक्रममा एमालेले मगर लगाएतका कार्यकर्तालाई एमाले प्रवेश गरेको भनेर प्रचार गरेको थियो । यसैविच नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिका ५ नम्बर वडा समितिका अध्यक्ष रोमवहादुर तामाङले विहिबार विज्ञप्ति जारी गरी नेकपा एमालेले झुक्याएर आत्मा सम्मानमा चोट पु¥याएको भन्दै मगर आफ्नै पार्टीमा क्रियाशिल रहेको जनाएका छन्
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...