“जनताको साथमा कांग्रेस”राष्ट्रिय अभियान– रामेछापमा भाद्र २२ देखी शुरु

Written by meropradesh creator

१३ भाद्र २०७९, सोमबार

रामेछाप । मंसिर ४ गते हुन लागेको संघिय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले भाद्र २२ गते देखी “जनताको साथमा कांग्रेस” राष्ट्रिय अभियान–२०७९ रामेछापमा शुरु गर्ने भएको छ । नेपाली कांग्रेसले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै भाद्र २२ गते देखी २४ गते सम्म जिल्लाको सबै स्थानिय तहमा “जनताको साथमा कांग्रेस”राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।


अभियान सफल बनाउन पार्टीले रामेछापको आठ वटै स्थानिय तहमा प्रतिनिधि समेत तोकि सकेको छ । भाद्र २२ गते देखी शुरुहुने राष्ट्रिय अभियानमा सभापती पुर्णबहादुर तामाङ्ग कान्छाराम गोकुलगंगा गाउँपालिकामा, पुर्व पार्टी सभापती रामचन्द्र खड्काले खाँडादेवी गाउँपालिकामा, नि बर्तमान सभापती लबश्री न्यौपानेले सुनापती गाउँपालिकामा,उपसभापती लेखबहादुर कार्कीे दोरम्बा शैलुङ्ग गाउँपालिकामा, उपसभापती नवराज थोकरले लिखुतामाकोशी गाउँपालिकामा र सचिब दिपक खड्काले उमाकुण्ड गाउँपालिकामा प्रतिनिधित्व गर्ने गरी जिम्मेवारी दिएको छ ।

त्यसैगरी भाद्र २३ गते हुने अभियानको लागी सह–सचिब कमल योञ्जनलाई रामेछाप नगरपालिकामा प्रतिनिधित्व गर्ने गरी जिम्मेवारी तोकेको छ । प्रतिनिधीहरुले आठ वटै स्थानिय तहमा हुने “जनताको साथमा कांग्रेस” राष्ट्रिय अभियान–२०७९ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भाद्र २४ गते मन्थली नगरपालिकामा सबैको उपस्थितीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पार्टी प्रवत्ता नारायण बहादुर वोगटीले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य गुञ्जबहादुर कार्कीको मस्तिकको पक्ष्घात भई अन्नपुर्ण न्युरो अस्पतालमा उपचारर्थ गराइ रहेको भन्दै शिघ्र पुर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य स्व.प्रदिप गिरीको भाद्र ४ गते असामहिक निधन भएको भन्दै श्रद्धान्जली प्रस्ताव पारित गर्दै जिल्ला कार्यसमिति द्वारा भाद्र १६ गते श्रद्धान्जली सभा गर्ने कार्यक्रम समेत रहेको छ ।

साथै रामेछापका पुर्व जिल्ला कार्यसमिति सदस्य दधिराम दहाल, नेपाली कांग्रेसका नेता केशब बहादुर केसीका पिता खम्बबहादुर केसी र नेपाली कांग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समितिका सभापती राजनारायण श्रेष्ठका आमा मायादेवी श्रेष्ठको असामहिक निधन भएकोमा दु:ख ब्यक्त गर्दै श्रद्धान्जली प्रस्ताब पारित गरिएको पनी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...