जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिल कारबाहीको माग, पत्रकार महासंघ आन्दोलनमा

१ भाद्र २०८२, आईतवार

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि वकिलले गरेको आक्रमणका दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलन सुरु गरेको छ। आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना कार्यक्रम सुरु भएको छ।

प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले आन्दोलनको नेतृत्व नेपाल पत्रकार महासंघ धनुषा शाखाले गर्ने जानकारी दिएका छन् भने शाखा अध्यक्ष पुरण गुप्ताले सम्पूर्ण पत्रकारलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

गत साउन २७ गते गुठी संस्थानमार्फत कानुनी प्रक्रियाबाट प्राप्त चार कठ्ठा जग्गा संरक्षणको क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। आक्रमणमा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

सो घटनापछि संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइएको थियो। तर प्रहरीले हालसम्म उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही नगरेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो। शनिबार पत्रकार महासंघ धनुषा शाखामा बसेको भेलाले प्रहरी प्रशासनको लापरबाहीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...