जगदीश घिमिरे प्रतिष्ठानले साहित्यिक अभियानलाई निरन्तरता दियो

रामेछाप– मन्थलीमा शनिबार सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा तथा पुरस्कार वितरण समारोहमा प्रतिष्ठानले आफ्नो साहित्यिक अभियानलाई निरन्तरता दिएको छ।

कार्यक्रममा प्रतिष्ठानले यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र गत वर्षका लागि मिना चौलागाईलाई ५१\५१ हजार रुपैयाँ नगदसहित प्रदान गरेको हो। गत वर्ष पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष दुवै साहित्यकारलाई एकै समारोहमा सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार र विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतिष्ठानले नयाँ पुस्तामा साहित्य र अभिव्यक्ति कलाप्रति रुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरेको जनाएको छ।

वरिष्ठ साहित्यकार जगदीश घिमिरेले जीवित रहँदै स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष साहित्यिक गतिविधि, पुरस्कार वितरण र साहित्य सम्मेलन आयोजना गर्दै साहित्यिक अभियानलाई निरन्तरता दिँदै आएको छ।

घिमिरेले मन्थलीमा साहित्य सम्मेलनको थालनी २०६३ सालदेखि गरेका थिए। उनका कृति अन्तर्मनको यात्रा ले वि।सं। २०६४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो भने उनले मैनाली कथा पुरस्कार र उत्तम शान्ति पुरस्कार पनि पाएका थिए।

२०७० साल कात्तिक १४ गते क्यान्सरका कारण ६८ वर्षको उमेरमा निधन भएका घिमिरेको स्मरण गर्दै प्रतिष्ठानले साहित्यिक अभियानलाई निरन्तरता दिँदै आएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...