जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
नया कार्यकारिणीमा कार्यकारिणी उपाध्यक्षका रूपमा ईश्वर अधिकारी र बिपिन दाहालले जिम्मेवारी पाएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा सुमन खड्का, महासचिवमा भरत श्रेष्ठ, कोषाध्यक्षमा अनिश केसी, सह–सचिवमा अमन बुढाथोकी र सह–कोषाध्यक्षमा राजन कुमार कार्की चयन भएका छन् ।
उपाध्यक्षतर्फ देव कैलाश श्रेष्ठ, सिताराम लोहार, बेनुप रोक्का र रमेश बस्नेतले निर्वाचित भएका छन् । साथै तालिम आयुक्तको जिम्मेवारी एकेन्द्र केसीलाई दिएको छ । नयाँ नेतृत्वले संगठनभित्रको समन्वय, पारदर्शिता र क्रियाशीलतालाई अझ मजबुत बनाउँदै जेसिजका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
जेसिज रामेछापले विगतदेखि नै युवा सशक्तिकरण, नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नयाँ कार्यसमिति चयनसँगै आगामी वर्ष युवा विकास तथा सामुदायिक योगदानमूलक कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...