जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ दलित सम्मानित

रामेछाप, जेठ २१ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।

नेपाल राष्टिय दलित समाज कल्याण संघ रामेछापको आयोजनामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जिल्लाका  जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख,  पत्रकार, अधिकारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले संविधानले सुनिश्चित गरेका समानता र सामाजिक न्यायका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले जातीय विभेदका घटनाप्रति प्रशासन गम्भीर रहेको समेत उल्लेख गर्नुभयो।

रामेछापका प्रहरी प्रमुख सन्तुलाल प्रसाद जैसवालले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कुनै पनि गतिविधि कानुनविपरीत भएकाले यस्ता घटनामा संलग्नमाथि कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँले सामाजिक सद्भाव र मानव अधिकारको सम्मान कायम राख्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले दलित समुदायका मुद्दा र सरोकारलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै विभेदमुक्त समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

दलित अधिकारकर्मी रामचन्द्र विकले स्थानीय तहहरूले दलित समुदायको शिक्षा, रोजगारी, सीप विकास, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नीति तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयन तहसम्म दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभये  ।

अर्का दलित अधिकारकर्मी नवराज विकले रामेछाप जिल्लामा दलित समुदायको अवस्था, चुनौती र अवसरका विषयमा धारणा राख्दै शिक्षा, आर्थिक पहुँच र सामाजिक प्रतिनिधित्वका क्षेत्रमा अझै सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा चेतनाको स्तर बढे पनि व्यवहारिक रूपमा विभेदका विभिन्न स्वरूप अझै कायम रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले जातीय विभेद तथा छुवाछूतको अन्त्य गरी समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि राज्य, स्थानीय सरकार, नागरिक समाज, सञ्चार क्षेत्र र समुदायबीच साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपाललाई २०६३ साल जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै आइएको छ। यस वर्षको दिवस पनि रामेछापमा विविध कार्यक्रम गरी मनाइएको हो। कार्यक्रम नेपाल राष्टिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर बि.क.के अध्यक्षतामा सम्पन्न भएके हे ।

Top of Form

Bottom of Form

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...