हिलटेक ट्याङकी उपभोक्तालाई बरदान साबित

Written by meropradesh creator

९ पुष २०७७, बिहीबार

 रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरले खानेपानीको चरम समस्यामा झेल्दै आएका नागरिकहरुलाई बितरण गरेको हिलटेक ट्याङ्की बरदान सावित भएको छ । स्थानिय नागरिकहरुले खानेपानीको समस्या झेल्दै आएपछि रामेछाप नगरपालिका सुकाजोर वडा कार्यालयले वडा भित्रका नागरिकहरुलाई एक घर एक हिलटेक ट्याङ्की बितरण गरेको हो । घर पिच्छै पानी संकलनको लागि ट्याङ्की बिरण गर्दा आकाशबाट पर्ने आकाशे पानीलाई छानावाट संकलन गरेर ड्रममा जम्मा गरेर उपभोग गर्न सकिन्छ भन्ने उद्धेश्यले नयाँ योजना वडा कार्यालयले सारेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए ।
उनले भने– वडामा वार्षिक रुपमा आएको रकमले वडा भित्रका नागरिकहलाई पालो मिलाएर खानेपानी जम्मा गर्ने हिलटेक ट्याङ्की बिरतण गरिएको छ । वजेट अभावका कारण एकै पटक सवै वडाबासिहरुलाई ट्याङ्की पुर्याउन सकिएको छैन् । गएको दुई वर्ष अघिवाट शुरुवात गरिएको यो अभियान यसवर्ष समाप्त हुने र सवै नागरिकहरुको घरमा एक हिलटेक ट्याङ्की पुग्ने अध्यक्ष कार्कीले बताए ।
खानेपानी अभाव भएको ठाउँमा वडा कार्यालयले अघि सारेको यो अभियान निकै राम्रो भएको र यसवाट आफुले धेरै राहातको महसुस गरेको रामेछाप नगरपालिका वडा नं–६ की जमुना कार्कीले जानकारी दिइन । उनले भनिन्– गाउँमा खानेपानीको समस्या छ, घर नजिकै धारा त छ । पानी भनेको समयमा आउँदैन । घरमा पालिएका वस्तुभाउँ छन्, तिनीहरुलाई पेटभरी पानी दिन समेत पाइदैन् । घर नजिकै पुरानो पधेँरोका पानी पनि गएको ७२ सालको भकम्पले सुकायो । वर्षातको आकाशे पानी वडा कार्यालयले दिएको ट्याङ्कीमा जम्मा गरेर हिउँदमा उक्त पानी वस्तुभाउँ, भाडाकुडा र कपडा धुन प्रयोग गर्ने गरेका छौं कार्कीले बताइन ।
रामेछापको दक्षिणी भेगमा पर्ने रामेछाप नगरपालिका भित्रका गोठगाउँ, साँघुटार, हिमगंगा, रामपुर, ओख्रेनी, सुकाजोर रामेछाप लगाएतका स्थानमा वर्षातको समयमा समेत पानी कम पर्ने गर्दछ । त्यस क्षेत्रमा बर्षौदेखी खानेपानीको मुल समेत फुट्न सकेको छैन् । परम्परागत रुपमा भएका खानेपानीको मुल समेत एकपछि अर्को गर्दै सुक्दै गएपछि सुकाजोर गाउँमा यतिखेर खानेपानीको चरम समस्या रहेको छ ।
पालिकाभित्र पहिलो पटक सुकाजोर वडा कार्यालयले चलाएको यो अभियान अहिले पालिकाको अन्य वडा कार्यालयहरुमा समेत विस्तार गर्न लागेका छन् । वडामा आएको वजेटवाट ठूला योजनाहरु संचालन गर्न नसकिएपछि वडा कार्यालयले नागरिकहरुलाई केही सहज होस् भन्दै भएको रकमवाट यस्तो सानो योजना अघि बढाएका हुन् । खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुलाई सुनकोशी नदी, सुकाजोर खोलावाट लिफ्ट प्रणालीवाट पानी वितरण गर्ने, बोरिङ्ग बाट भूमिगत पानी निकालेर वितरण गर्ने लगाएतका ठूलो योजना समेत हाल संचालनमा रहेका छन् ।
रामेछाप नगरपालिका भित्र खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुलाई चाडो भन्दा चाडो पानी घरघरमा पुर्याउनको लागि लिफ्ट प्रणालीका योजनाहरुको काम भइरहेकाले आगामी दुई वर्षभित्र सवै वस्तीमा खानेपानी पुग्ने रामेछाप नगरपालिकाका उपमेयर सिर्जन खड्काले जानकारी दिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...