हावाहुरीले रामेछापमा क्षति, विद्युत सेवा अवरुद्ध

रामेछाप ३ चैत्र ।  सोमबार राति आएको हावाहुरीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा  क्षति पुगेको छ। जिल्लाको रामपुर, सुकाजोर, दुरागाउँ र दोरम्बा लगायतका क्षेत्रमा हावाहुरीले घर तथा विद्यालयका छाना उडाउनुका साथै भौतिक संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

हावाहुरीसँगै आएको प्रतिकूल मौसमका कारण धेरै घरपरिवार प्रभावित भएका छन् भने केही विद्यालयका भवनसमेत क्षतिग्रस्त भएका छन्। हावाहुरीका कारण कृषि बालिमा समेत क्षति पुगेके छ ।

      सोमबार साँझदेखि जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण विद्युतका पोल तथा तारमा क्षति पुग्दा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण मन्थली शाखाले जनाएको छ। विद्युत सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइएको र क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।  सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा खटिएर क्षतिको विवरण संकलन तथा  कार्यमा जुटिरहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएके छ । हावाहुरीका कारण भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएके छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६  रामेछापका अनोजलाई

उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६ रामेछापका अनोजलाई

अनोज भुजेल “उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६” बाट सम्मानित हुनुभएको छ। वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रा.लि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गतको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ मा उहाँलाई...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...