गोलन्जोरमा सार्वजनिक सुनुवाइ सम्पन्न, जनप्रतिनिधिको जवाफदायीता र नागरिक सहभागिता बलियो

२३ असार २०८२, सोमबार

सिन्धुली — गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्म सञ्चालनमा रहेका विकास निर्माण र सेवा प्रवाहसम्बन्धी गतिविधिबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले पालिकाले प्रवाह गरिरहेको सेवा र विकास योजनाबारे प्रस्ट जानकारी दिनुभयो। कार्यक्रममा उपस्थित नागरिकहरूले विभिन्न प्रश्नहरू उठाएका थिए, जसको प्रत्यक्ष जवाफ गाउँपालिका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले दिनुभयो।

अध्यक्ष बरालले नागरिकका सुझाव र गुनासोलाई स्वागत गर्दै जुनसुकै बेला जनताले आफ्ना कुरा राख्न सक्ने वातावरण रहेको बताउनुभयो। “समृद्ध पालिका बनाउन सबैको साथ र सहयोग अपरिहार्य छ,” उहाँले भन्नुभयो, “हामी निर्वाचित भएयता जनअपेक्षा अनुसारका कामहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ।”

बरालले सकारात्मक सोच र सुझावले विकासमा टेवा पुग्ने भन्दै अनावश्यक नकारात्मकता फैलाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार विकासका कार्यहरू जनचासो र आवश्यकताका आधारमा अघि बढाइएका छन्।

उपाध्यक्ष न्यौपानेले गोलन्जोर गाउँपालिका समृद्ध बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभयो। नागरिकको विश्वास र सहभागिताले मात्र पारदर्शी र उत्तरदायी प्रशासन सम्भव हुने धारणा उहाँले राख्नुभयो।

कार्यक्रममा वडा अध्यक्षहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, पत्रकार, गाउँपालिका कर्मचारीसहित स्थानीयबासीको उपस्थिति थियो। कार्यक्रमले पालिका र जनताबीचको सम्बन्ध थप प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...