घरदैलोदेखि प्रचारसम्म सक्रिय बन्ने एमाले रामेछापको निर्णय

रामेछाप । नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानदेखि प्रचार–प्रसारसम्मका गतिविधिलाई तीव्र बनाउने निर्णय गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठकले पार्टीका सबै तह र जनसंगठनलाई निर्वाचन केन्द्रित परिचालनमा सक्रिय बनाउने निष्कर्ष निकालेको हो ।

जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा मन्थलीमा सम्पन्न बैठकले निर्वाचन कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र आक्रामक ढंगले सञ्चालन गर्ने रणनीति तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ सूर्य चिन्हका उम्मेदवार ढुङ्गेल र समानुपातिकतर्फ राजकुमार श्रेष्ठलाई विजय गराउन व्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । यसका लागि घरदैलो, टोलभेला, वडा स्तरका कार्यक्रम, युवासँग अन्तरक्रिया, महिला तथा जनवर्गीय संगठनमार्फत मतदाता भेटघाटलाई तीव्र बनाइने जनाइएको छ ।

निर्वाचन अभियानलाई सशक्त बनाउन जिल्ला कमिटी अध्यक्ष कडरियाको संयोजकत्वमा ५५१ सदस्यीय प्रतिनिधिसभा निर्वाचन मूल परिचालन कमिटी गठन गरिएको छ । त्यसैगरी आवश्यक समन्वय र अभियानको प्रभावकारी कार्यान्वयनका लागि उम्मेदवार ढुङ्गेलको संयोजकत्वमा संयोजन तथा समन्वय संयन्त्र समेत निर्माण गरिएको छ । संयन्त्रमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमलप्रकाश सुनुवार, समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठ लगायत प्रदेश र जिल्लास्तरका नेता समेटिएका छन् ।

निर्वाचन खर्च व्यवस्थापन तथा स्रोत परिचालनलाई व्यवस्थित गर्न उपाध्यक्ष होतराज ढकालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ भने प्रचार–प्रसारलाई प्रभावकारी बनाउन राकेश श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरिएको बैठकले जनाएको छ । उपसमितिमा पार्टीका प्रचारकर्मी, पालिका कमिटीका प्रतिनिधि, प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकार तथा विभिन्न सञ्चार माध्यममा कार्यरत व्यक्तिहरूलाई समेटिएको छ ।

बैठकले पार्टी निर्देशन विपरीत गतिविधि गरेको र अनुशासन उल्लङ्घन गरेको निष्कर्षसहित जिल्ला कमिटी सदस्य लवहरि बुढाथोकी र राजकुमार मैनालीलाई जिम्मेवारीबाट बर्खास्त गर्दै सदस्यता निलम्बन गर्ने निर्णय समेत गरेको जनाएको छ ।

एमाले रामेछापले अब निर्वाचनसम्म जिल्लाभरका सबै पालिका, वडा र टोलस्तरमा संगठन परिचालनलाई तीव्र पार्दै मतदाता केन्द्रित अभियान सञ्चालन गर्ने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...