घर नजिकको विद्यालय पनि मुग्लान 

Written by meropradesh creator

२२ कार्तिक २०८०, बुधबार

रामेछाप । घरबाट विद्यालय र विद्यालयबाट घर देखिन्छ । तर त्यहि पुग्न उत्तरी रामेछापको भूजिका बासिन्दालाई मुग्लान जस्तै भएको छ । बर्षाको बेला घर नजिकैको पहिरो छिचोलेर विद्यालय जाउ आउ गर्न नसकेपछि कलिला बालबालिकाहरु घर छोडेर डेरामा वस्न बाध्य छन् । बालबालिकाहरुले घरमा पाकेको तातो खाने र न्यायोमा सुत्न पाएका छैनन् । नजिकको घर पनि उनिहरुका लागि मुग्लान लाग्ने गर्छ ।
आठ बर्ष भयो गाउंमा पहिरो जान थालेको । त्यस अवधिमा पहिरो नियन्त्रण हैन, अझ विस्तार हुन थालेको छ । पहिरोले वस्ती जोखिममा पर्दै गएपछि केहिले गाउं नै छोडेर सुरक्षित स्थानमा घरबास सारेका छन् । तर केहि भने अझै पहिरोको वरीपरी वस्न बाध्य छन् ।
पहिरोको बिच बाट विद्यालय जाउ आउ गर्ने बालबालिका सबैभन्दा बढी प्रभावित हुन पुगेका छन् । सावधानि बारे पूर्ण चेतना नहुदा बालबालिकाहरु कतिवेला पहिरोमा किचिने हुन भन्ने पिरलो अविभावकलाई छ । त्यसैले पैदल हिड्ने हो भने करिब १५ मिनेट टाढाको विद्यालयमा बालबालिका पढाउन पनि उनिहरु डेरा खोज्न बाध्य छन् । अविभावक र बालबच्चाहरु एक अर्कालाई हेर्न मन लाग्यो भने फोन गर्ने र पहिरो वारी पारी बाट हेरा हेर गर्छन् ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं –७ साविक भुजि गाविस १,२ र ३ नम्बर वडाका विद्यार्थी जब बर्खाको समय लाग्छ, विद्यालय नजिकै कोठा खोजेर बस्छन् । पहिरो प्रभावित वालबालिकाहरुलाई घर आउ जाउ गर्न समस्या भएको कुरा स्थानीय जनप्रतिनिधिले बुझेका छन् । त्यसैले बिद्यार्थीलाई खाने बस्ने व्यवस्था वडा कार्यालयले गरिदिने गरेको छ । अविभावकहरुलाई वडा कार्यालयको सो सहयोगले केहि राहत मिलेको छ । ‘कलिला बालबालिकाहरु डेरामा राखेर अविभावकहरु शान्तिले घरमा वस्न सक्दैनन् ।  बाल बच्चाले के गरि वसेको होला ? खाना पकाएर खाए खाएन ? भन्ने चिन्ता हुन्छ, स्थानीय अभिभावक भिम बहादुर श्रेष्ठले भने । स–साना बच्चा भएका अभिभावक त दुई तिन महिना बच्चाको पिरले धेरै दुखी हुन्छन् । आफु भेट्न जान सकिन्न । हेर्दा आँखा अघि बिद्यालय छ् तर के गर्ने ? श्रेष्ठले खिन्न हुदै भने – बिद्यार्थी त्रसित छन् । आज भोलि समेत बिद्यालय जान समस्या छ । ढुङ्गा बेला बेला खसि रहन्छन् । आएर लाग्छ कि भन्ने डर हुन्छ । घर बाट बच्चा निस्के पछी बिद्यालय बाट पर्केर घर नआए सम्म पिर पर्छ ।
पहिरोले विद्यालय जाने आउने बाटो अवरोध गरेकाले कलिाला बालबालिकाहरु बढी मर्कामा छन् । ‘हामीले त वडा कार्यलयले खाने बस्ने ब्यवस्था गरिदिएका कारण स्कुल पढ्न पठाएका छौं , स्थानीय कुलवहादुर श्रेष्ठ भन्छन् – अलि साना बच्चा हुने अभिभाकले त त्यो पनि सकेको छैनन् । खै सरकार कहाँ छ ? श्रेष्ठले भने – पहिरो नियन्त्रणको लागी कसैले ध्यान दिएका छैनन् । पहिरो हेर्न धेरै सरकारी कर्मचारी आए । तर नियन्त्रणको लागी अहिले सम्म केहि काम भएको छैन् । पहिरोका कारण भूजीका करिव १ सय घर जोखिममा छन् ।
बर्षायाममा मात्र भूजि पहिरोको डर हुदैन । हिउँद याममा पनि माथिबाट ढुङ्गा खसीरहन्छन् । विगत ८ बर्ष देखि हिउँद बर्खे पहिरोको चिन्ता स्थानीयले बेहोर्नु परेको छ ।  स्थानीय डोल कुमार सुनुवारका अनुसार २०७२ सालको विनासकारी भूकम्प पछि उक्त स्थानमा पहिरो जान थालेको हो । स्थानीयलाई वडाको काममा बेला बेला वडा कार्यालय जाने आउने गर्दा त्यहि पहिरो हुदै हिड्नु पर्छ । अन्य बाटोको बिकल्प छैन् । ज्यान जोखीममा राखेर हिड्ने गरेको गुनासो सुनुवारको छ ।
पहिरोका कारण भुजीको ठिन्केपु पिपलडाँडा, सारीटोल, कोकर्सी गाँउको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब एक सय घर परिवार विस्थापित भइसकेको उमाकुण्ड ७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारले बताए । नेवारका अनुसार पिपलडाँडाँ वाट विस्थापित भई दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र वसाई सराई गरिसकेका छन् ।  ‘हामीले रोक्न सक्ने अवस्था छैन्, नेवार भन्छन् – सरकारले बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएपनि सो कार्यक्रम प्रभावकारी ढंगबाट कार्यान्वयन हुन सकेन । २०७२ को भूकम्प जाँदा थोरै पहिरो गएको थियो । त्यसपछिका बर्षहरुमा थप पहिरो जान थालेपछि वस्ती सहितको जमिन बगिरहेको वडा अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार निरन्तर पहिरो झर्ने भएका बर्षा र हिउँद दुवैमा जोखिम छ  । वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई समस्या हुने गरेको कारण सो अवधिभर हामीले बिद्यार्थीलाई वडा कार्यालयको तर्फ बाट कोठा खोजेर बस्ने व्यवस्थापन गर्नुका साथै रासनको व्यवस्थापन गरिदिएको उनले वताए ।
वडा कार्यालयको बजेटले पहिरो नियन्त्रणको कार्य गर्न सम्भवना छैन् । ‘हामीले माथिल्लो निकायमा बारम्बार पहल गरेको छौं, नेवार भन्छन् – माथिल्लो निकायले अहिले सम्म चासो दिएको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...