नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो ।
यसअघि चैत १४ मा पार्टीको लेटरहेड दुरुपयोग गरेको विषयमा सचेत गराइए पनि खड्काले पुनः चैत ३० गते आफूमा नभएको जिम्मेवारी दाबी गर्दै विज्ञप्ति जारी गरेपछि समितिले कडा कदम चालेको हो । विधान २०१७ को धारा ३४ बमोजिम उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।









