मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने प्रतियोगिता यस वर्ष चार दिनसम्म सञ्चालन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनु भयो.

प्रतियोगिताको पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः १ लाख, ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई ३० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसअघि फागुन ५ देखि ७ गतेसम्म सञ्चालन हुने भनिएको यो प्रतियोगिता निर्वाचनका कारण रोकिएको थियो । मन्थली नगरपालिकाका १४ वटै वडाका खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

  हेटौंडा । गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका मेरो प्रदेश अनलाइनका प्रधान सम्पादक युवराज श्रेष्ठ सहित चार जना पत्रकारलाई सम्मानित गरेको छ। शुक्रबार हेटौंडामा आयोजित विशेष समारोहमा पत्रकार श्रेष्ठलाई...

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

बङ्गलादेशमा आफ्नो सुनौलो रौँ र अनौठो स्वरूपका कारण "डोनाल्ड ट्रम्प" उपनाम पाएको एउटा दुर्लभ सेतो भैँसी अन्तिम समयमा बलि हुनबाट जोगिएको छ। करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई ईद–उल–अजहाका लागि बिक्री गरिसकिएको थियो। तर, सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भएपछि...

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...