गाउँपालिका द्वारा निःशुल्क ३५ जनाको आँखाको शल्यक्रिया

Written by meropradesh creator

३ पुष २०७९, आईतवार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले निशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । दुइ दिन सम्म गाउँपालिकाले सञ्चालन गरेको शल्यक्रिया सहितको शिविरमा २ सय भन्दा बढीले सेवा लिएका छन् .उक्त शिबिरमा मोतिया बिन्दुको ३५ जनाले शल्यक्रिया (अप्रेशन) गरेका छन् । गाउँपालिकाले तामाकोसी अस्पतालमा रहेको जिल्ला सामुदायिक आंखा केन्द्र र तिलगंगा आंखा अस्पताल काठमाडौको सहयोगमा २ दिने आंखा शिविर सञ्चालन गरेको हो ।


विशेष गरि जेष्ठ नागरिकहरुले सेवा लिएको लिखुतामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर साहले जानकारी दिए । उनले भने धेरै बुबा आमा आँखा नदेखेर समस्यामा हुनुहुन्थ्यो तर काठमाण्डौं सम्म गएर आँखाको शल्यक्रिया गराउन सक्नु भएको थिएन । काठमाण्डौं जान आउन र पालो कुर्न समस्या हुनका साथै आर्थिक रुपमा खर्चिलो पनि हुने हुदा गाउँपालिकाले तामाकोशी अस्पताल संगको सहकार्यमा शिबिर सञ्चालन गरेको जानकारी दिए ।

गाउँपालिका प्रमुख केशब महतले धेरै जना आँखाको रोगी भएको कारण तामाकोशि अस्पताल संग सहकार्य गरि शिबिर सञ्चालन गर्न सफल भएको बताए । तामाकोशी अस्पतालको साथ र जिल्ला सामुदायिक आंखा केन्द्र रामेछाप र तिलगंगा आंखा अस्पतालले सहयोग गरि ग्रामीण भेगका नागरिकलाई जिल्लामा सुविधा उपलब्ध गराएकोमा धन्यवात दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।
गाउँपालिका प्रमुख महतले पुवाधार बिकासगरेर मात्र गाउँपालिकाको विकास नहुने भन्दै अन्य रचनात्मक काम पनि गर्नु पर्ने बताए । अब गाउँपालिकाको बिकासको लागी अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दै अघि बढ्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...