रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले निशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । दुइ दिन सम्म गाउँपालिकाले सञ्चालन गरेको शल्यक्रिया सहितको शिविरमा २ सय भन्दा बढीले सेवा लिएका छन् .उक्त शिबिरमा मोतिया बिन्दुको ३५ जनाले शल्यक्रिया (अप्रेशन) गरेका छन् । गाउँपालिकाले तामाकोसी अस्पतालमा रहेको जिल्ला सामुदायिक आंखा केन्द्र र तिलगंगा आंखा अस्पताल काठमाडौको सहयोगमा २ दिने आंखा शिविर सञ्चालन गरेको हो ।

विशेष गरि जेष्ठ नागरिकहरुले सेवा लिएको लिखुतामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर साहले जानकारी दिए । उनले भने धेरै बुबा आमा आँखा नदेखेर समस्यामा हुनुहुन्थ्यो तर काठमाण्डौं सम्म गएर आँखाको शल्यक्रिया गराउन सक्नु भएको थिएन । काठमाण्डौं जान आउन र पालो कुर्न समस्या हुनका साथै आर्थिक रुपमा खर्चिलो पनि हुने हुदा गाउँपालिकाले तामाकोशी अस्पताल संगको सहकार्यमा शिबिर सञ्चालन गरेको जानकारी दिए ।
गाउँपालिका प्रमुख केशब महतले धेरै जना आँखाको रोगी भएको कारण तामाकोशि अस्पताल संग सहकार्य गरि शिबिर सञ्चालन गर्न सफल भएको बताए । तामाकोशी अस्पतालको साथ र जिल्ला सामुदायिक आंखा केन्द्र रामेछाप र तिलगंगा आंखा अस्पतालले सहयोग गरि ग्रामीण भेगका नागरिकलाई जिल्लामा सुविधा उपलब्ध गराएकोमा धन्यवात दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।
गाउँपालिका प्रमुख महतले पुवाधार बिकासगरेर मात्र गाउँपालिकाको विकास नहुने भन्दै अन्य रचनात्मक काम पनि गर्नु पर्ने बताए । अब गाउँपालिकाको बिकासको लागी अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दै अघि बढ्ने बताए ।








