गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

२८ असार २०८२, शनिबार

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले पछिल्लो समय उल्लेखनीय प्रगति गर्दै आएको बताएका छन् ।
उनले विद्यालयमा पढेका विद्यार्थीहरूले एसईई परीक्षामा निरन्तर राम्रो नतिजा ल्याइरहेको बताएका छन् । साथै उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूको आकर्षण विज्ञान संकायमै देखिएको समेत बताए । विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयका थुप्रै विद्यार्थीले जिपिए ४ सहित ए पलस ल्याउन सफल भएको जनाएको छ । अभिभावक, शिक्षक र सरोकारवालाहरूले पनि यस उपलब्धिलाई विद्यालयको व्यवस्थापन, शैक्षिक गुणस्तर र समर्पित शिक्षकहरूको योगदानको नतिजा भएको भन्दै खुशि ब्यक्त गरेका छन् ।
कार्यक्रममा विद्यालयले कक्षा ५, ८ र १० मा अध्यापन गराउने ३४ जना शिक्षकहरूलाई नगद सहित सम्मान पत्र द्धवारा सम्मान समेत गरेको थियो । शिक्षकहरूको मेहनत र निरन्तरता नै विद्यार्थीको सफलता पछाडिको मुख्य कारण भएको भन्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरिएको बिद्यालयले जनाएको छ ।

यस अवसरमा विद्यालयको भौतिक संरचना, पूर्वाधार र सेवा सुविधा बारे पनि जानकारी गराइएको थियो । विज्ञान संकायलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रयोगशाला सुधार, डिजिटल शिक्षण प्रणाली, छात्रवृत्ति योजना लगायतका विषयमा विद्यालयले चर्चा गरेको छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, पूर्व नगरप्रमुख रमेशकुमार बस्नेत, वडा नं. १ का अध्यक्ष हेमबहादुर पौडेल, राजनीतिक दलका प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले मन्थली माध्यमिक विद्यालय विज्ञान शिक्षाको स्थानीय केन्द्र बन्दै गएको बताउँदै त्यसलाई अझ सुदृढ गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।
विद्यालयले भर्ना प्रक्रिया सुरु भएसँगै इच्छुक विद्यार्थी र अभिभावकहरूलाई आवश्यक जानकारी लिन विद्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...