एमालेको नाममा भोली हुने कार्यक्रममा सहभागी नहुन अध्यक्ष श्रेष्ठको आग्रह

Written by meropradesh creator

८ बैशाख २०७८, बुधबार

रामेछाप । नेकपा एमालेको नाममा भोली हुने भनिएको कार्यक्रममा सहभागी नहुन नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले आग्रह गरेको छ । नेकपा एमाले खनाल नेपाल समुहले रामेछापमा आयोजना गरेको कार्यक्रम लाई लक्षित गर्दै अध्यक्ष श्रेष्ठले नेकपा एमालेको रामेछापमा कुनैपनी प्रकारको कार्यक्रम नभएको भन्दै एमालेको नाममा कोही कसैले आयोजना गरेको अनावश्यक कार्यक्रममा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हो । अध्यक्ष श्रेष्ठले आफनो पार्टिमा समानान्तर कमिटी भन्ने शब्दावलीनै नभएको जनाएको छ । एमाले रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा जानकारी गराएको हो ।
नेकपा एमाले माधब खनाल पक्षले केहि दिन देखि कानुन अनुसार आफुहरुनै मुख्य एमाले पार्टि भएको र जिल्ला तथा प्रदेस तहमा एमालेका नाममा समानान्तर कमिटि गठन गर्न लागेको जानकारी वाहिर ल्याईरहेको र विहिबार उसले आफनो पार्टिको केन्द्रिय नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा पार्टिको प्रशिक्षण तथा कार्यकर्ताहरुको जिल्ला भेला गर्न लागेको बेला एमाले रामेछापले बुधबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पार्टिको मुख्य एजेण्डा र पछिल्लो समयमा विकसित राजनितिक घटनाक्रमका बारेमा पार्टिको आधिकारीक धारणा सार्बजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पार्टि सचिव पुरुषोतम् कडरीयाले एमाले पार्टिको गुट फुट र समानान्तर कमिटि गठन आदीका बारेमा फैलाईएको भ्रमको पछि नलाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले मुलुकको परिबर्तनका खातिर आफनो रफतारमा हिडिरहेको एमाले पार्टिका नाममा कसैलाई पनि भ्रमको खेति नगर्न आग्रह गर्नुभयो । उहाँले दर्विलो र गर्विलो योजनाका साथ पार्टि संगठनमा अगाडि बढिरहेको नेकपा एमालेलाई कम्जोर पार्ने खेलमा कसैलाई नलाग्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो नेकपा एमाले आफनो निति तथा कार्यदीसामा स्पष्ट छ ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले वजारमा हल्ला आएको जस्तो एमाले पार्टिमा कुनै पनि समानान्तर कमिटि र विचलन नआएको स्पष्ट पार्दे त्यस खालको भ्रमका पछि नलाग्न आफना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । उहाँले नेकपा एमालेको केन्द्रीय र प्रदेश कमिटिले गरेका सबै निर्णयका आधारमा एमालेको जिल्ला या केन्द्रका नाममा कहिं र कतै पनि समानान्तर कमिटि पनि नभएको र हुन नसक्ने दावि पनि गर्नु भयो ।
बैशाख ९ गते माधब नेपाल पक्षले मन्थलीमा गर्न लागेको कार्यकर्ता भेलालाई लक्षित गर्दै एमाले अध्यक्ष आनन्द श्रेष्ठले त्यस खालको गतिविधिमा सहभागि नहुन पनि सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । भेलामा सुर्य चिन्ह लिएर स्थानीय निर्बाचन जितेका कुनै नेता तथा कार्यकर्ताहरुलाई सहभागि नहुन निर्देशन दिनु भयो । पार्टीको निर्देशनलाई कोहि कसैले उलंघन गरे कार्वाहि हुने उहाँले बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता एवं भूमि ब्यवस्था आयोगका तुल प्रसाद कडेल,एमाले नेता झम्क कडेल,गोपाल श्रेष्ठ र प्रकाश कार्र्की लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैशाख ९ गते मन्थलीको तीन लाल पार्कमा एमालेले गर्न लागेको नेकपा एमालेको स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रममा सहभागि हुनका लागि पनि आग्रह गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...