एमालेको ११औँ महाधिवेशनः रामेछापबाट ५ जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी

रामेछाप – नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्लाबाट पाँच नेताहरूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाबाट माधव प्रसाद ढुङ्गेल, शान्ति प्रसाद पौडेल, गीता कार्की, गंगादेवी कार्की र सीता कुमारी खत्री उम्मेदवार बनेका हुन् । यसमध्ये माधव प्रसाद ढुङ्गेल र गीता कार्की पूर्व केन्द्रीय सदस्यका रूपमा अनुभवी नेताहरू हुन्। शान्ति प्रसाद पौडेल र गंगादेवी कार्की बागमती प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहेका छन् भने सीता खत्री पार्टी संगठन निर्माणमा क्रियाशील रहिएकी छन् ।
उम्मेदवारमध्ये माधव प्रसाद ढुङ्गेल र शान्ति प्रसाद पौडेल खुला समूहबाट चुनाव लड्दैछन्। गीता कार्की र गंगादेवी कार्की महिला खुला समूहबाट उम्मेदवारी दिएकी छन् भने सीता खत्री बागमती प्रदेश महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवार छिन् ।
यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले उम्मेदवारी दर्ता नगरेपछि विभिन्न अड्कल र चर्चा सुरु भएको छ। त्यस्तै, पूर्व पोलिटब्युरो सदस्य र रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँले अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका छन्। बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले भने उम्मेदवारी दिएका छैनन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान भृकुटीमण्डप, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ र बेलुका ७ बजे सम्म चल्नेछ। एक सय मतदान मेसिनमध्ये ८० मेसिन मतदानका लागि प्रयोग हुनेछन् भने १० अभ्यासका लागि र १० अतिरिक्त मेसिनको रूपमा राखिएको छ । अनुमान अनुसार एक जनाले मत खसाल्न झण्डै २५–३० मिनेट समय लाग्नेछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...