दुई पटक सूचना, अझै अपुग संख्या : रामेछापमा म्यादी प्रहरी संकट

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सुरक्षा जनशक्ति व्यवस्थापनमा रामेछापमा समस्या देखिएको छ । निर्वाचन सुरक्षाका लागि माग गरिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) पदमा दोस्रो पटक म्याद थपेर सूचना प्रकाशन गर्दा पनि आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्लामा म्यादी प्रहरी संकट देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले पहिलो चरणमा माघ १ गतेसम्म आवेदन दिन सकिने गरी सूचना प्रकाशन गरेको थियो । नेपाल प्रहरीका लागि १ हजार ३ सय ३३ जना र सशस्त्र प्रहरीका लागि ९६ जना गरी कूल १ हजार ४ सय २९ जना म्यादी प्रहरी माग गरिएकोमा पहिलो चरणमै मागअनुसार आवेदन नआएपछि दोस्रो पटक म्याद थप गर्दै माघ ३ गतेसम्म आवेदन आह्वान गरिएको थियो ।

दोस्रो पटक म्याद थप गर्दा पनि कूल ९ सय ६० जनाले मात्रै आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले जानकारी दिए । माग गरिएको संख्याको तुलनामा उल्लेख्य रूपमा कम आवेदन परेपछि जिल्लामा निर्वाचन सुरक्षालाई लिएर चुनौती थपिएको बताइएको छ ।

प्रहरीका अनुसार १८ वर्ष उमेर पूरा भई नागरिकता प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्र भएका तथा शारीरिक रूपमा सक्षम युवालाई लक्षित गरी आवेदन आह्वान गरिएको थियो । तर, गाउँ–घरका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले र जिल्लामै रहेका युवाहरू पनि पछिल्लो समय देखिएको राजनीतिक तथा सामाजिक अस्थिरताका कारण म्यादी प्रहरीप्रति आकर्षित हुन नसकेको बुझिएको छ ।

केही युवाहरू आवेदन दिन इच्छुक भए पनि आउँदो निर्वाचनका क्रममा द्वन्द्व वा अशान्ति हुन सक्ने त्रासका कारण परिवारकै दबाबमा भर्ना प्रक्रियाबाट टाढा रहेको प्रहरीको भनाइ छ । आवेदन दिन मन्थली आएका एक युवाले घरपरिवारको असहमतिको बाबजुद आफू बलजफ्ती आएर फाराम भरेको प्रतिक्रिया दिएका छन् ।

यसरी दुई पटक सूचना प्रकाशन गर्दा पनि आवश्यक जनशक्ति पूरा हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयले आइतबारसम्म सम्पर्कमा आउने इच्छुक युवालाई समेत समेट्ने तयारी गरेको जनाएको छ । म्यादी प्रहरी अभावकै बीच निर्वाचन सुरक्षाको व्यवस्थापन कसरी प्रभावकारी बनाइन्छ भन्ने विषय अहिले रामेछापमा चासोको विषय बनेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...