दोलखामा ६ जना पत्रकार महासंघ द्वारा सम्मानीत

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्लाको ६ जना पत्रकारहरुलाई सम्मान गरेको छ । पत्रकार महासँघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठको स्मृति दिवसको अवसरमा जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईले जानकारी दिए । महासंघले यस बर्ष देवदास स्मृति पत्रकारिता पुरस्कार २०७८ वाट पत्रकार सन्तोषि कार्की, रविन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट चिरञ्जीवी मास्के, स्वर्गिय पशुपति चौंलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट दोलखाका पत्रकार दिपक बस्नेत, सुजल पत्रकारीता पुस्कारबाट गोरखापत्र दैनिकका दोलखा संवाददाता वावुराम शर्मा र विकास पत्रकारीता पुरस्कार बाट पत्रकार गोर्कण भण्डारीलाई पुरस्कृत गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसि, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रेस संगठनका केन्द्रीय सचिव लक्ष्मण खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौंलागाई लगाएत कार्यक्रममा सहभागी रहेका थिए । दोलखा शाखाका सँस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठको स्मृतिमा हरेक बर्ष दोलखाका एक जना क्रियाशिल पत्रकारलाई यो पुरस्कार दिने गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए ।


यो वर्ष देवदास स्मृति पत्रकारिता पुरस्कार २०७८ वाट पत्रकार सन्तोषि कार्की सम्मानीत भएकी छिन् । जिल्लावाट प्रकाशित हुने जनरञ्जन साप्ताहिक ,हाम्रो रेडियो, रेडियो नेपाल, गोरखापत्र दैनिक लगाएत सञ्चार माध्यममा आवद्ध भई लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेकी कार्कीलाई देवदास स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । कार्कीलाई नगद १० हजार सहित प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।
त्यस्तैगरी यो वर्षको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारवाट दिक्षण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका उपाध्यक्ष सिर्जनकुमार घिमिरे पुरस्कृत भएका छन् । दोलखाका समाजसेवी माधवमणी राजभण्डारीले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा स्थापना गरेको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई दिइएको हो । उनलाई नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरिएको छ ।
पत्रकार महासंघ दोलखा शाखाले कोरोनाका कारण निधन भएका स्वर्गिय पत्रकार रविन्द्र गौतमको नाममा १० हजारराशिको पुरस्कार स्थापना गरेको छ । पत्रकार महासंघ दोलखा शाखाका कार्य समिति सदस्य समेत रहेका गौतमको नाममा स्थापना गरिएको रविन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका पुराना पत्रकार एवं प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के पुरस्कृत भएका छन् । उनलाई नगद १० हजार र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो । पुरस्कृत मास्केले आफुले पाएको पुरस्कार राशी रविन्द्र स्मृति कोषकै लागि हस्तान्तरण गरेका छन् । पत्रकार गौतमको कोरोना भाईरस संक्रमणका कारण जेठ १६ गते निधन भएको थियो ।


विकास पत्रकारिता पुरस्कारबाट पत्रकार गोकर्ण भण्डारी सम्मानित भएका छन् । रेडियो भीमेश्वरका स्टेशन मेनेजर एवम् नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य समेत रहेका भण्डारी १० हजार नगद र सम्मानपत्र सहित पुरस्कृत भएका हुन् । दोलखाको समग्र विकासका क्षेत्रमा कलम चलाए वापत उनलाई पुरस्कृत गरिएको हो । पत्रकार भण्डारी राष्ट्रिय तथा स्थानीय मिडियामा लामो समयदेखि काम गर्दै आएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको स्वर्गिय पशुपति चौंलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट दोलखाका पत्रकार दिपक बस्नेत पुरस्कृत भएका छन् । दोलखाका लोकप्रिय नेता एवं बागमती प्रदेशका सांसद चौलागाईले पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । तर, सांसद चौलागाईको कोरोनाका कारण निधन भएपछि पत्रकार महासँघ दोलखा शाखाले सो पुरस्कारलाई स्वर्गिय पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार नामकरण गरेको हो । यो पुरस्कार स्वर्गीय साँसद चौलागाईको नाममा स्थापना भएको जिल्लाकै पहिलो पुरस्कार हो । सो पुरकारवाट यो बर्ष तामाकोशी एफएमका स्टेशन मेनेजर बस्नेतलाई नगद ५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।
यो वर्षको सुजल पत्रकारीता पुस्कारबाट गोरखापत्र दैनिकका दोलखा संवाददाता वावुराम शर्मालाई पुस्कृत गरिएको छ । जेष्ठ पत्रकार शर्मालाई नगद ५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरीएको हो । पत्रकार महासंघ दोलखा शाखाका साधारण सदस्य महेन्द्र श्रेष्ठले आफ्ना छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...