रामेछाप ९ पौष । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती कान्छाराम तामाङ्गले रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको दलित बस्तिमा हाते आरन वितरण गरिएको छ ।
परंम्परागत आरन चलाएर जिविकोपार्जन गर्दै आएका १५ परिवार दलितहरुलाई नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङ्गको सहयोगमा आधुनिक हाते आरन वितरण गरिएको हो । राष्टिय प्रजातन्त्र दिवशको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले दलित समुदायका मानिसहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सोहि अवसरमा नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङ्गकै सहयोगमा साँघुटारको लक्ष्मिबासका स्थानीयहरुलाई गाउँमा सामाजिक कार्य गर्न सहज होस् भन्ने उदेश्यले १ सय थान प्लाष्टिकका कुर्चिहरु समेत बितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले आफ्नो पार्टीले गाउँ गाउँमा कुनै पनि राजनैतिक पुर्वाग्रह नराखि सामाजिक कामलाई निरन्तरता दिएको बताउनु भयो । नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङ्गले यस भन्दा अगाडि पनि जिल्लाका विभिन्न गाउँहरुमा एम्बुलेन्स वितरण लगायतका समाजिक कार्यहरु गर्दै आउनु भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...