धर्मगुरुले दिए पालिकालाई २४ लाखको स्वास्थ्य सामाग्री

Written by meropradesh creator

२५ जेष्ठ २०७८, मंगलवार

रामेछाप । गाउँपालिकामा दोश्रो कोरोना महामारीको कारण कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि अक्सिन अभावमा नागरिकहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै बेथानका एक धर्मगुरुले अक्सिजन सहितका स्वास्थ्य सामाग्री पालिकालाई उपलव्ध गराएका छन् ।

सुनापति गाउँपालिकामा रहेको सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक एवं धर्मगुरु विमानसिंह तामाङले विभिन्न दातृनिकायसँगको सहयोगमा २३ लाख ७६ हजार मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु सुनापति गाउँपालिकालाई बुझाएका हुन् । धर्मगुरुले ४० वटा ग्याँस भरिएका सिलिण्डर र अन्य स्वास्थ्य सामाग्रीहरु समेत सुनापति गाउँपालिकाका प्रमुख धावा लामा र प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठलाई हस्तान्रण गरेका छन् ।

गाउँमा अस्पताल नहुँदा आफ्नी आमाले समेत उपचार नपाई मृत्युवरण गर्नुपरेको भन्दै धर्मगुरु तामाङले आफ्नी आमाको नाममा व्यक्तिगत लगानीमा अस्पताल समेत सञ्चालनमा ल्याएका छन् । उनले उपचार अभावमा आफ्नी आमाले जस्तै गरी गाउँका अन्य नागरिकहरुले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै अस्पताल सञ्चालन गरेका हुन् ।

धर्मगुरुले पालिकामा प्रदान गरेका ग्याँस सहितका सिलिण्डरहरु गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा राख्ने भएको छ । पालिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा पालिकाले स्वास्थ्य सामाग्रीहरुको जोहो भने गर्दै आएको छ । पालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा पालिकाले खरिद गरेको अक्सिजन ग्याँस र धर्मगुरुले प्रदान गरेको ग्याँसले अहिले तत्तकालको लागि समस्या टरेको सुनापति गाउँपाकिलाका प्रमुख धावा लामाले जानकारी दिए ।

त्यस्तै पहिलो चरणको कोरोना भाइसर सक्रमणको बेलामा नेपाल सरकारले लगाएको लकडाउनका कारण खाद्यान्न अभाव हुँदा घरमा चुल्हो बल्न छाडेपछि धर्मगुरुले विभिन्न दातृ निकायसँगको पहलमा १ करोड रुपैयाँ वरावरको खाद्यान्न सामाग्री सुनापति गाउँपालिकामा वितरण समेत गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...