रामेछाप नगरपालिका-२ मा आज (मंगलबार) पुनः नयाँ निर्वाचन सामग्री र थप कर्मचारी पठाउने तयारी अगाडि बढाइएको छ। हिजो निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा ११ वटा मतपेटिकामा क्षति पुगेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज नयाँ सामग्री पठाउन लागेको हो। साथै, मतदान स्थलमा पुगिसकेका सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको जिम्मेवारी दिने तयारी छ।उक्त गाडी दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी असई परशुराम यादवको दुःखद निधन भएको थियो भने घाइते ७ जनाको काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। पर्सि बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि गएराति १२ बजेबाटै मौन अवधि सुरु भइसकेको छ
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









