काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षण क्षेत्रको संरक्षण गर्न चुरे तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपतिले राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई निदेर्शन दिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे विनाशले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, बस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत् योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।
छलफलमा विकास समितिका पदाधिकारीले समितिले हाल गरिरहेको कामबारे जानकारी गराएका थिए ।